• २८ कार्तिक २०८२, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
त्रिविमा भएको दलिय भागबन्डा खारेज नभए अखिल (समाजवादी)ले कडा संघर्ष गर्ने




दाङ । अखिल (समाजवादी)ले त्रिभुवन विश्वविद्यालयका आठ वटा डिन र निर्देशकहरुको नियुक्तिमा भएको संसदीय पार्टीहरु कांग्रेस,एमाले र माओवादीको भागबन्डाको घोर निन्दा,भ्रत्सर्ना र खेद प्रकट गर्दै उक्त निर्णय खारेज नभए कडा संघर्ष गर्ने बताएको छ।

सोमबार संगठनका अध्यक्ष नरेन्द्र सीले एक प्रेस विज्ञप्ति जारी गर्दै मेरिटोक्रेसीका आधारमा एक नंम्बरमा भएका उम्मेदवारहरुलाई पन्छाएर पार्टीका कार्यकर्ताहरुलाई नियुक्त गरेकोमा यो निर्णयलाई खारेज गरि मेरिटका आधारमा एक नम्बरका उम्मेदवारलाई नियुक्ति गर्न माग गर्दै उनले यस्तो बताएका हुन् ।

उनले त्रिविलाई दलाल राजनीतिको नाङ्गो भागबन्डाको क्यान्सरबाट मुक्त गर्न आफ्नो संगठन संघर्षरत रहेको बताएका छन् । साथै विश्वविद्यालयलाई जोगाउन र विकास गर्न चाहाने सबै शिक्षाविद,पत्रकार बुद्धिजीवी र आमजनतालाई यो हस्तक्षेप र निकृष्ट हर्कतको भन्दाफोर गर्न आह्वान समेत गरेका छन् ।

यस्तो छ, अखिल (समाजवादी)ले जारी गरेको विज्ञप्ति :

 

Facebook Comments