दाङ । दाङ स्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् भने केहीले परिवारलाई खर्च समेत पठाउने गरेका छन् ।
घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेब वापत ५० देखि ८ सय र मुढा बनाएर मासिक ४ हजार देखि ५ हजार सम्म आम्दानी गर्ने गरेका छन्। उनीहरूले माछा मार्ने जाल, ढकी, खेलौना लगायत सामग्री बनाउने गरेका छन् ।
घरलु तथा साना उद्योग कार्यालय बाट गलैँचा बुन्न ४५ दिने तालिम लिएका बन्दीले तयार पारेका गलैँचा उनीहरुलाई भेट्न आउने आफन्ती तथा अन्यले खरिद गर्ने गरेका छन्। घरेलुले पनि बिक्रीको व्यवस्था गरेको छ । साथै उक्त कार्यालयले सीप सिक्न चाहनेलाई तालिमको व्यवस्था पनि गर्दै आएको छ ।
“उत्पादित सामग्रीको किन बेचको व्यवस्था यहीँ बाट मिलाइन्छ, भेट्न आउने आफन्त तथा अन्यले किन्ने गरेका छन्”, कार्यालय प्रमुख राठौरले भने। हरेक आइतबार, मङ्गलबार र बिहीबार कारागार बाहिर ‘स्टल’ नै राखेर बिक्रीको व्यवस्था मिलाइएको छ। एक सय जना क्षमताको कारागारमा चार सय १५ जना बन्दी छन्।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।