बिष्णु गोराथाेकी
दाङ । मनकामना इङ्लिस सेकेण्डरी स्कूल, घोराही-१७, चौघेरामा आयोजित वक्तृत्वकला प्रतियोगितामा छात्रा सबिना खातुनले प्रथम स्थान हासिल गर्नुभएको छ। ‘लागु पदार्थ न्यूनीकरणमा विद्यार्थीको भूमिका’ शीर्षकमा आफ्नो विचार प्रस्तुत गर्दै सबिनाले समाजमा विद्यार्थीको सक्रियताले सकारात्मक परिवर्तन ल्याउन सक्ने धारणा राख्नुभएकाे थियाे ।
सबिनाले आफ्नो मन्तव्यमा विद्यार्थीहरूलाई लागू पदार्थको नकारात्मक प्रभावबारे सचेत गराउँदै यसलाई न्यूनीकरण गर्न शिक्षाको माध्यमबाट जनचेतना फैलाउनुपर्ने आवश्यकता औंल्याउनु भयो। साथै, विद्यार्थीहरूले समुदायस्तरमा जानकारीमूलक अभियानहरू सञ्चालन गर्न र आफ्नो साथीहरू माझ सचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने कुरामा जोड दिनुभएको थियाे ।
प्रतियोगितामा विद्यालयका विभिन्न तहका विद्यार्थीले सहभागिता जनाएका थिए। कार्यक्रममा निर्णायक मण्डलले सबिनाको प्रस्तुति प्रभावशाली र सन्देशमूलक भएको उल्लेख गरेका थिए ।
विद्यालय व्यवस्थापनले यस्तो प्रतियोगिताले विद्यार्थीहरूलाई सामाजिक समस्याबारे सचेत बनाउन र जिम्मेवारी वहन गर्न उत्प्रेरित गर्ने बताएको छ । सहभागीहरूले पनि यस प्रकारका कार्यक्रमहरूले व्यक्तित्व विकास र सामाजिक जागरूकतामा सहयोग गर्ने प्रतिक्रिया दिएका थिए । सबिनाको सफलता आगामी दिनमा प्रेरणादायी हुने विश्वास व्यक्त गर्दै विद्यालय प्रशासनले बधाई तथा शुभकामना दिएको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।