• ११ पुष २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती – ९ का किसानहरुलाई ११ दिने घर बगैंचा व्यवस्थापन तालिम प्रदान




भालुवाङ  । राप्ती गाउँपालिका वडा नम्बर ९ का किसानहरुलाई ११ दिने घर बगैंचा व्यवस्थापन तालिम प्रदान गरिएको छ ।

विकास कोष नर्वेको आर्थिक सहयोग तथा राप्ती गाउँपालिका दाङ सँगको समन्वयमा नामसालिङ सामुदायिक विकास केन्द्रद्वारा राप्ती गाउँपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना मार्फत समुदायका किसानहरुलाई घर बगैंचा व्यवस्थापन तालिम प्रदान गरिएको छ।
परियोजनाको खाद्य तथा पोषण सुरक्षा कार्यक्रम अन्तर्गत राप्ती गाउँपालिका ९ जाकिनेका २८ र रुपाकोटका २४ किसानहरुलाई ११ दिने घर बगैंचा व्यवस्थापन तालिम प्रदान गरिएको हो। तालिमको सहजीकरण संस्थाका कृषि अधिकृत तथा सामाजिक परिचालकले गरेका थिए। तालिममा किसानहरुलाई आफ्नै घरआँगनमा विभिन्न प्रजातिका तरकारी, फलफूल, जडिबुटी, मसालाबाली, पशुपंक्षी, माछा, उत्पादन गरेर आफ्नो परिवारलाई चाहिने पोषण वर्षभरि पुर्याउने र धेरै भएको उत्पादन बेचेर आम्दानी बढ़ाउने तरिकाका बारेमा सिकाइ प्रदान गरिएको थियो।

तालिम पश्चात सहभागी किसानहरुलाई खेतीपातीमा आवश्यक पर्ने सानो स्प्रे ट्यांक वितरण गरिएको थियो।
वि. सं. २०४१ मा इलामको नामसालिङ गाउँमा स्थापित नामसालिङ सामुदायिक विकास केन्द्रले दाङको राप्ती गाउँपालिकामा वि. सं. २०७४ देखि एकीकृत सामुदायीक विकास परियोजना मार्फत सामुदायिक विकासका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। कृषि, पोषण, आयआर्जन, जलवायु परिवर्तन अनुकूलन तथा सुशासनका क्षेत्रमा एकीकृत कार्यक्रम सञ्चालन गर्दै आइरहेको संस्थाले
समुदायलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउँदै जलवायु अनुकूलनका अभ्यासमा अभ्यस्त गर्दै समुदाय विकासलाई अगाडि बढाउँदै आइरहेको संस्थाका दाङका कार्यक्रम संयोजक शशांक आचार्यले बताएका छन्।

Facebook Comments