• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिक्षकलाई मासिक तलब दिन संघीय मन्त्रालयको अनुराेध 




काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकको तलब मासिकरूपमा उपलब्ध गराउन सबै स्थानीय पालिकालाई पत्राचार गरेको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय मन्त्रालयलाई ताकेता गरेपछि सबै पालिकालाई शिक्षकको तलब उपलब्ध गराउन पत्राचार गरेको हो।

‘शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र पठाउने भनी अनुरोध भई आएको हुँदा पत्रको छायाँ प्रति यसै साथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ संघीय मन्त्रालयको पत्रमा छ।

शिक्षकहरूले तलब नपाएको गुनासो गरेपछि शिक्षा मन्त्रालयले स्थानीय सरकारलाई तलब उपलब्ध गराउन भनेको थियो।

तर, कतिपय पालिकाले तलब उपलब्ध नगराएपछि शिक्षा मन्त्रालयले संघीय मन्त्रालयमार्फत पत्र पठाएको थियो।

Facebook Comments