• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गुरुकुलका बिद्यार्थीद्वारा बृद्धाआश्रममा सहयोग




घोराही । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले घोराही -१३ मा रहेको बृद्धाआश्रमका बृद्धबृद्धाहरुलाई सहयोग गरेका छन् ।

गुरुकुल एकेडेमीका कक्षा १२ का ब्यबस्थापन संकायका विद्यार्थीहरुले बृद्ध बृद्धाहरुलाई जाडोमा लगाउने टोपी ,शौचालय प्रयोगका लागि हार्फिक , फलफूल र अन्य खाद्यान्न सामग्रीहरु सहयोग गरेका हुन् । कक्षा १२ का विद्यार्थीहरुले गत जेष्ठ महिनामा ब्यबहारिक ज्ञान लिनका लागि बजारका बिभिन्न ठाँउहरुमा पानी पुरी, चटपटे , आइसक्रिम लगायतका सामग्रीहरु राखेर ब्यबसाय गरेका थिए ।

सोहि ब्यबसायबाट आम्दानी भएको रकम ३ हजार ५ सय र कक्षा १२ विज्ञान संकायका विद्यार्थीहरुको शैक्षिक भ्रमणबाट बचत भएको ३ हजार ५ सयगरी जम्मा ७ हजार बराबरको सामानहरु बृद्धाआश्रममा सहयोग गरिएको गुरुकुल एकेडेमी घोराहीका प्लसटु संयोजक राजन अधिकारीले जानकारी दिनुभयो ।

बिगतका बर्षहरुदेखि नै कक्षा १२ का विद्यार्थीहरुले सैद्धान्तिकसहित ब्यबहारिक ज्ञानसँगै यसबाट भएको आम्दानी रकम समाजसेवामा लगाउने गरेका छन् । उनीहरुले ६/७ जनाको समूह बनाएर बजारका बिभिन्न मुख्य चोकहरुमा ब्यबसाय गरेका थिए ।

गुरुकुल एकेडेमी घोराहीका प्रधानाध्यापक डा. कृष्णराज डिसीको नेतृत्वमा प्लसटु संयोजक राजन अधिकारी र संस्कार प्रमुख भुगोल कँवर मगरको उपस्थितिमा तेरौटेमा रहेको बृद्धाआश्रममा एक कार्यक्रमकाबीच विद्यार्थीहरुले सहयोग गरेका हुन् । यो कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई विद्यार्थीहरुले धन्यबाद समेत ज्ञापन गरेका थिए ।

Facebook Comments