घोराही । गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरुले बनाएको ४ पांग्रे गाडीको सफल परीक्षण गरिएको छ ।
उक्त गाडीको घोराहीदेखि तुलसीपुरको करिव २३ किलोमिटर सडकमा भलाएर सफल परीक्षण गरिएको हो । साथै परीक्षण पश्चात गुरुकुल एकेडेमी तुलसीपुरमा लगेर विद्यार्थीहरुलाई उक्त ४ पांग्रे गाडीको बारेमा जानकारी समेत गराइएको गुरुकुल एकेडेमी तुलसीपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।
विद्यार्थीहरुले गाडी कसरी ,कति लागतमा , कति दिनमा बनेको भन्ने बिषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको उत्तर दिँदै उक्त गाडी निर्माण समूहका प्रमुख तथा गुरुकुल एकेडेमी घोराहीका ईसिए संयोजक विशालमा श्रेष्ठले १३ दिनमा निर्माण सम्पन्न भएको र करिव ५० हजारको लागतमा बनेको बताउनुभयो ।
साथै १५० हर्स पावरको सिबिजेट मोटरसाइकलको इन्जिन प्रयोग गरिएको र त्यसमा आवश्यक पर्ने सम्पूर्ण विद्युतीय बस्तु पनि जडान गरिएको बताउनुभयो । ४ जनाको सिट क्षमता भएको उक्त ४ पांग्रे सवारी साधनमा चालक र अन्य १ जना गरी २ जनाको मात्र सिट जडान गरिएको छ । गुरुकुल एकेडेमीले ब्यबहारिक मात्र नभई सैदान्तिक शिक्षा प्रदान गर्ने उद्धेश्यले बिभिन्न प्रयोगात्मक कार्यमा विद्यार्थीहरुलाई सहभागी गराउने गर्दछ ।
विद्यार्थीहरुले यो गाडीसहित , हवाईजहाज , विद्युतीय सामाग्री लगायतका अन्य नयाँ सामानहरुको आबिष्कार समेत गरेको थिए । गुरुकुलका विद्यार्थीहरुले बनाएको हवाइजहाज गत बर्ष टरीगाँउ विमानस्थल तुलसीपुरमा सफल उडान गरिएको थियो भने आज सफल परीक्षण गरिएको गाडी नेपालका बैज्ञानिक डा. महाबिर पुनले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।