दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीयताको सवलिकरणकालागी मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ ।
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शमिरजंग शाहको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलसंग मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा मंगलबार भएको भेटमा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउनेगरी मिडिया क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गरिरहेको, अझैं प्रदेश सरकारबाट सम्पादन भएका काम र असल अभ्यासहरुलाई नागरिक माझ पु¥याउन जोड दिनुभयो ।
‘प्रदेश स्थापनाभएदेखीनै मिडिया क्षेत्रसंग सहकार्य भइरहेको छ । प्रदेशको सम्भावना र सम्पादन भएका कामले जनस्तरमा पु¥याएको योगदानलाई बाहिर ल्याउन जरुरी छ’उहाँले भन्नुभयो,‘सुशासन, पारदर्शीता र जवाफदेहिताको लागि मिडिया क्षेत्रबाट अझै भूमिका बढाउनुपर्ने छ । यसका लागि प्रदेश सरकार मिडिया क्षेत्रसंग सहकार्य गरेर साथसाथै अघि जान चाहन्छ ।’
भेटमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष शमिरजंग शाहले सार्वजनिक प्रशारण संस्था गठन गरेर नयाँ ढंगले नेपाल टेलिभिजन र रेडियो नेपाल आगडी बढेको, आगामी दिनहरुमा पनि प्रदेश सरकार संग सहकार्य गरेर जाने बारेमा जानकारी गराउनु भएको छ । भेटमा एनटिभी कोहलपुरका प्रमुख विजयकुमार बर्मा लगायतको सहभागिता रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।