बिष्णु गाेराथाेकी
तुलसीपुर । प्रथम अखिल (क्रान्तिकारी) फुटबल प्रतियोगिता आज बाट तुलसीपुर -१८ बेल्झुण्डी रंगशालामा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको नेकपा (माओवादी केन्द्र ) का केन्द्रिय सदस्य नारायणी शर्मा (प्रतीक्षा)ले संघीय संसदमा खेलकुद र खेलाडीको हितमा कानून निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले सानो उमेरमा आफूले पनि विभिन्न खेलमा सहभागी भएको स्मरण गर्दै खेलकुद क्षेत्रको विकासका लागि सबै तहबाट सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रमको अध्यक्षता राप्ती इन्जिनियर कलेजका इकाइ उपाध्यक्ष विवेक सुनारले गर्नुभएको थियो । कार्यक्रममा मिनराज ओली, जंग रोका, बिष्णु चौधरी, भिमसेन गिरि, रेशम गिरि, अभय प्रताप चौबे, मदन जिएम, प्रतीक अधिकारी, गोबिन्द मल्ल, भुपेस खत्री, प्रशान्त पोखरेल, तिलकराज डागी लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
वक्ताहरूले खेलकुदको महत्त्वबारे चर्चा गर्दै यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको थियो । प्रतियोगिता केही हप्तासम्म चल्नेछ, जसमा विभिन्न टोलीहरूबीच प्रतिस्पर्धा हुने आयाेजकले जानकारी दिएको छ । उद्घाटन समारोहको सञ्चालन रमेश शर्माले गर्नुभएको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।