दुधरास । घोराही–तुलसीपुर सडकखण्ड बन्द भएको छ । शुक्रबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरी डाँडाँगाउँ रा १ ख १३८२ नम्वरको यात्रु बहाक बस दुुर्घटना हुँदा बसमा सवार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ दुधरास निवासी ३२ बर्षिय ईन्द्रा थापा रोकायको उपचारको क्रममा नर्सिङहोम बाँकेमा ज्यान गएकाले पीडितहरुले सोमबार दिउँसोदेखि घोराही तुलसीपुर सडक बन्द गरेका छन् ।
चालक लापरवाहीका कारण सार्वजानिक यातायात दुुर्घटनामा भएको र यातायात व्यवसायीहरु लापरवाहीका कारण घाईते रोकायको उपचारका क्रममा मृत्युुभएको भन्दै पीडित पक्षले उचित क्षतिपुर्तिको माग राख्दै सडक बन्द गरेका हुन । पीडित परिवारलाई उचित क्षतिपूर्ति र राहातका लागि यातायात व्यावसायी समिति मौन रहदा बाध्यताले आन्दोलनमा उत्रिएको पीडित मृतकका श्रीमन बहादुर रोकाय (शिखर)ले बताएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।