रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका भुपमणि पुन मगर विजयी भएका छन् । आज सम्पन्न भएको उपनिर्वाचनको अन्तिम मत परिणाम अनुसार पुनले ६४३ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका हुन् ।
उनले ६४३ मत ल्याउदा एमालेका बेगम पुनले ५३५ मत प्राप्त गरेका छन् । त्यस्तै माओवादीका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत ल्याएका छन् ।
यो वडामा ०७९ को चुनावमा पनि कांग्रेसले नै जितेको थियो । त्यो चुनावमा कांग्रेसका टंकबहादुर पुनले ४८८ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ४८० मत ल्याएका थिए भने माओवादीका शिवलाल रोकाले २०३ मत ल्याएका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।