• ११ पुष २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्तीमा ‘लय प्रकृतिको’ नाटक प्रदर्शन




तुल बहादुर कवँर मगर
भालुबाङ । दाङको राप्ती गाउँपालिका -३ मसुरीयामा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको छ ।

मण्डला थिएटरले कलाको माध्यमबाट नागरिकलाई प्राकृतिक विपत्तिबाट सजग गर्न सकिने उपायबारेमा कचहरी नाटक “लय प्रकृतिको” प्रदर्शन गरिएको हो ।

जलवायु परिवर्तन, बाढी पहिरो, आगलागी र भूकम्पजस्ता प्रकोपका नकारात्मक असरबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउने उपायबारे जानकारी दिंदै नाटक प्रदर्शन गरिएको छ ।

नाटक “लय प्रकृतिको“ प्राकृतिक विपत्तिसँग सम्बन्धित छ ।

नाटकमा मण्डलाका कलाकार सोमनाथ खनाल,प्रदिप चाैधरी,बल बहादुर राई,सागर खाती, मिलन कार्की, पिङ्की बाेहाेरा,मनी कुलुङ राई,अग्नी विश्वकर्मा,उमेश तामाङ,रिजन केसी, वेदना राईलगायत चर्चित कलाकारको अभिनय थियो ।

नाटकमा जथाभाभी गरिने डोजरे विकासको असर, वन जङ्गलमा गरिने आगजनी, मापदण्ड पूरा नगरी निर्माण गरिने संरचनाका कारण भूकम्पीय असर आदि विषय समेटिएको छ ।

नाटक सम्पन्न भएपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नाटकले यथार्थ चित्रण गरेको बताउनुभयो ।

उहाँले यस्ता नाटकले समुदाय सचेत भई प्राकृतिक विपत्ति रोक्न सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थीलगायत स्थानीयको उल्लेखीय उपस्थिति रहेको थियो ।

मण्डला थिएटरले विश्व बैंक, युके एड, क्यानडा, युएसआइडीको सहयोग तथा राप्ती गाउँपालिका दाङकाे सहजीकरणमा नाटक प्रदर्शन गरेकोे थियो ।

नाटक दाङ, इलाम, ताप्लेजुङ, बझाङ, जाजरकोट, पश्चिम रुकुम सहित देशका विभिन्न ८ जिल्लामा प्रदर्शन गरिने निर्देशक सोमनाथ खनालले जानकारी दिनुभयो ।

ताप्लेजुङ बाट शुरु भएको नाटक प्रदर्शनी बझाङ पुगेर समापन गरिने बताइएको छ।

Facebook Comments