घोराही । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) घोराही उपमहानगरपालिका वडा नम्बर १४ को अध्यक्षमा खर्कसिंह पुन मगर चयन हुनुभएको छ । तेस्रो वडा अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्षमा शेर बहादुर डाँगी, सचिवमा भीम कुमारी पुन, सहसचवमा आशा कुमारी चौधरी, कोषाध्यक्षमा लाल बहादुर विक निवार्चित हुनुभएको छ । यसैगरी सदस्यहरुमा विश्वमाया चौधरी, दुर्गा बहादुर बुढा, सरस्वती जैसी, हविव रहमान, कृष्ण लामा, कुमारी कमलेश पुन, आशा कुमारी चौधरी ९रुपा०, कुमारी पुन, बसन्ती चौधरी, मनिराम वली, हिरालाल गुप्ता, सावित्रा सुनार, देवा सेन र मन कुमारी पुन रहनुभएको छ भने थप ६ जना सदस्य नयाँ कमिटीले पछि चयन गर्ने छ ।
पार्टीका वडा अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षता एवं केन्द्रीय सद्स्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यमा अधिवेशन उद्घाटन गरिएको थियो । कार्यक्रममा माओवादी आन्दोलन र पार्टीलाई महत्वपुर्ण योगदान पु¥याउनुभएका शहिद, घाईते, अपाङ्ग, पुर्व जनमुक्ती सेनाका परिवारलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजिकरण सचिव भिम कुमारी पुनले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।