• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दोस्रो नगरस्तरीय बास्केट बलको उपाधि गुरुकुुल एकेडेमीलाई




घोराही । दोस्रो नगरस्तरीय बास्केट बल प्रतियोगिता–२०८१ को उपाधि साविक विजेता गुरुकुुल एकेडेमी घोराहीले जितेको छ । घोराही १८ सालघारीमा शनिबार भएको अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको फाईनल खेलमा गुरुकुल एकेडेमीले गोरखा मावि घोराहीलाई ६६–६५ अंकका साथ हराउँदै लगातार दोस्रो पटक उपाधि जितेको हो । ६५–६२ अंकले पछि परेको अवस्थामा गुरुकुलले खेलको अन्तिम समयमा उत्कृष्ट पुनरागमन गर्दै नतिजा आफ्नो पक्षमा पारेर उपाधि हात पार्न सफल भएको हो ।

घोराही उपमहानगरपालिकाको वार्षिक कार्यक्रम अनुसार घोराही नगर खेलकुद विकास समितिको आयोजना तथा बास्केटबल संघ दाङको प्राविधिक सहयोेगमा भएको प्रतियोगिताको ईमर्जिङ खेलाडी गोरखा स्कुलका निश्चल खत्री र उत्कृष्ट खेलाडी गुरुकुल एकेडेमीका आदित्य थकाली घोषित हुनुभयो । गुरुकुल एकेडेमीलाई उपाधि दिलाउनको लागि गुरुकुल एकेडेमीका बास्केटबल प्रशिक्षकले सुरुवाति चरण देखि नै निकै मेहनतका साथ खेल खेलेको बताउनुभयो । अन्य ठाँउमा आयोजना भएका बास्केटबल प्रतियोगितामा पनि गुरुक्ुल एकेडेमीले बिभिन्न उपाधि हात पार्ने गरेको छ । अन्तराष्ट्रिय स्तरमा चर्चा बटुल्न सफल गुरुकुल एकेडेमीका विद्यार्थिहरु हरेक क्षेत्रमा सफल हुदै आएका छन ।
प्रतियोगिताका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीलाई शिल्ड, मेडल  र प्रमाण पत्र प्रदान गरिएको छ । मंसिर १३ गतेदेखि शुरु भएको प्रतियोगितामा ८ वटा टीमको सहभागीता रहेको थियो ।

नगर खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्र पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा डिसीको प्रमुख आतिथ्य एवम् सामाजिक विकास महाशाखा प्रमुख नारायणप्रसाद पौडेलको विशिष्ट आतिथ्यमा प्रतियोगिताको समापन गरिएको थियो ।

समापनका अवसरमा प्रमुख अतिथि डिसीले खेल शारिरीक, मानसिक विकासका लागि प्रमुख आधार रहेको हुँदा विद्यालय स्तरमा यस प्रकारका प्रतियोगिता अत्यन्तै आवश्यक रहेको बताउनुभयो । स्वस्थ नागरिक उत्पादनका लागि खेलकुदको भुमिका महत्वपूर्ण रहेको भन्दै खेलकुदका गतिविधि चलायमान बनाउन पालिकाले पूर्वाधार विकासमा ध्यान दिने बताउनुभयो । सहजीकरण खेलकुद विकास समितिका सदस्य श्रवणकुमार खनालले गर्नु भएको थियो ।

Facebook Comments