• २९ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा चिया र कफी खेतीको सम्भावनाबारे छलफल




सल्यान । सल्यानमा चिया र कफी खेतीको उत्पादन, प्रवर्द्धन तथा बजारीकरणबारे समुदाय स्तरमा छलफल थालिएको छ । सल्यान चिया र कफी खेतीका लागि उपयुक्त जिल्ला भए पनि चिया र कफीको व्यवासायीक खेती हुन सकेको छैन । किसानलाई व्यवसायिक चिया र कफी खेतीमा आवद्ध गर्न समुदाय स्तरमा छलफल थालिएको हो ।

शारदा नगरपालिका वडा नम्बर ४ पिपलनेटामा समुदायस्तरमा भएको छलफलमा कृषक किरण शाहीले सेजवालटाकुरा, मार्के र पिपलनेटामा कफी फलेको र कफीले राम्रै उत्पादन दिएको भए पनि बजारीकरण र प्राविधिक ज्ञानको कमीले किसान व्यवसायीक खेतीमा नलागेको बताउनुभयो ।

वडा नम्बर ४ का अध्यक्ष किशोर हमालले सल्यानमा लगाइएको कफी फस्टाएको देखिए पनि किसानलाई व्यवसायीक खेतीतर्फ आकर्षित गर्न नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘केही लगाएको कफी राम्रो फस्टाएको पाइएको छ । तर व्यवासायीक खेती हुन सकेको छैन ।’’

कफी उत्पादन बढाउन स्थानीय तहले उत्पादनलाई बढाउन कफी खेतीमा कार्यक्रमहरु ल्याउनुपर्नेमा सहभागी कृषकहरुको जोड थियो । शारदा नगरपालिका ५ का वडा अध्यक्ष प्रदीप शाहीले संभाब्यता अध्ययन गरी कफीखेति विस्तार गर्नुपर्ने बताउनुभयो ।

चिया तथा कफी विकास बोर्ड कार्यालय प्युठानका प्रमुख सिपी बस्नेतले सल्यान, रुकुमपश्चिम, जाजरकोट, दैलेख र सुर्खेत जिल्ला चिया तथा कफी खेतीका लागि उपयुक्त रहेका जानकारी दिनुभयो । कफी उत्पादन भए बिक्रीको समस्या नभएको उहाँको भनाइ छ ।

Facebook Comments