• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
राप्तीमा कुकुरको स्थायी बन्ध्याकरण शिविर शुरु




तुल बहादुर कवँर मगर

भालुबाङ । दाङको राप्ती गाउँपालिकाले पालिका क्षेत्रभित्र रहेका कुकुरहरुको साेमबारदेखि स्थायी बन्ध्याकरण शुरु गरेको छ ।

पालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या बढी भई दुर्घटना निम्त्याउनुका साथै घरपालुवा पशुचौपायलाई समेत क्षति पु¥याउन थालेपछि शिविर सञ्चालन गरेर बन्ध्याकरण गर्न लागिएको हो ।

गाउँपालिकाले भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङसँगको सहकार्य एवं हिमालयन एनिमल रेस्क्यू कोष पोखराको प्राविधिक सहयोगमा वडा नं.४ को गोपीनालास्थित पशु उपचार केन्द्रमा बन्ध्याकरण तथा रेबिज विरुद्धको खाेप शिविर सञ्चालन गरेको छ ।

शिविरमा टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिने र बन्ध्याकरण गर्ने काम भइरहेको छ । बन्ध्याकरण गरिका कुकुरहरुलाई पुन नियन्त्रण गरिएकै स्थानमा लगेर जाेड्ने गरिएको छ।

शिविरको पहिलो दिन वडा नम्बर ५ र ६ का विभिन्न टाेलका ५० वटा कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनुभयो ।

आचार्यका अनुसार शिविर मंसिर १३ गतेसम्म सञ्चालन हुने बताइएको छ।

पालिकाले गतवर्ष पनि साे शिविर सञ्चालन गरि तीन सय बढी कुकुरहरुकाे स्थायी बन्ध्याकरण गरेको थियो ।

Facebook Comments