दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दाङबाहेक दुर्गम जिल्लामा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । प्रतिष्ठानले एमबिबिएसको पढाइ सुरुगर्ने भएपछि रोल्पाको होलेरीमा सेवा विस्तार गर्न लागेको हो ।
प्रतिष्ठानले आफ्नो पहलमा होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका लागि एमबिबिएस चिकित्सक नियुक्त गरेर पठाउन लागेको छ । एमबिबिएस चिकित्सकको ब्यवस्था भएमा त्यहाँका जनताले २४ सैँ घण्टा स्वास्थ्य सेवा प्राप्त गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले बताउनुभयो । एमबिबिएस पढाइको लागि प्रतिष्ठानले ५० सिट प्राप्त गरेपछि होलेरी प्राथमिक स्वास्थ्य केन्द्रलाई कम्युनिटि आउट रिच सेन्टरकोरुपमा रहने गरी ब्यवस्थापन गर्ने भएको हो ।
प्रतिष्ठानका रजिष्ट्रार लम्सालले होलेरीमा एमबिबिएस चिकित्सक राखेर सेवा प्रवाह दिन सुरु गरिने र एमबिबिएस चिकित्सकको अभाव हुन नदिइने पनि बताउनुभयो । गएको असारदेखि होलेरी अस्पतालमा एमबिबुएस चिकित्सकको नहुँदा विरामीले सामान्य स्वास्थ्य सेवा प्राप्त गर्न घोराही आउनुपर्ने वाध्यता रहेको थियो । उहाँले निकट भविष्यमा होलेरीमा नै प्रतिष्ठानबाट पास गर्ने एमडिपिजिपि चिकित्सक पठाएर विशेषज्ञ सेवा सुरु गर्ने आफुहरुले लक्ष्य रहेको बताउनुभयो । हाल प्रतिष्ठानमा एमडिजिपिमा २ जना चिकित्सकले स्नाकोत्तर पढिरहेका छन् ।
आइतबार प्रतिष्ठानमा एक कार्यक्रमकाबीच राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र रुन्टीगढी गाँउपालिका होलेरी रोल्पाबीच जनशक्ती ब्यवस्थापनबारे सम्झौता भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा. लम्साल र गाँउपालिका अध्यक्ष जनक पुनबीच सहमति भइ सम्झौता पुस १ गतेदेखि लागू हुनेछ ।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थी र प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष चेतलाल खत्रीको उपस्थितिमा दुवै पक्षबीच एक आपसमा सम्झौता पत्र आदान प्रदान गरिएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।