• १९ मंसिर २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन हुँदै




काठमाडौँ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को आयोजनामा ‘तेस्रो प्याब्सन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन’ हुन थालेको छ । सम्मेलन यही मङ्सिर १४ र १५ गते काठमाडौँमा हुने भएको हो।

सम्मेलन प्याब्सनको आयोजना तथा नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र ब्रिटिस काउन्सिलको सहजीकरणमा हुन थालेको प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले जानकारी दिएका छन्।

काठमाडौँको होटल हायत रिजेन्सीमा हुन थालेको कार्यक्रममा शिक्षा क्षेत्रका अग्रणी व्यक्तित्वहरु, विद्यालयका संस्थापक प्रिन्सिपलहरु, शैक्षिक निर्देशक र अग्रणी शिक्षकहरु सहभागी हुने अध्यक्ष ढुङ्गानाले जानकारी दिएका छन् ।

सम्मेलनमा विद्यालयको स्तर उन्नति, कक्षा कोठाको सुधार, शैक्षिक नेतृत्वको विकास, र शिक्षक– विद्यार्थीको शैक्षिक गतिविधिलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल गरिने अध्यक्ष ढुङ्गानाले बताए । ‘विशेष रूपमा, सामुदायिक विद्यालयका शिक्षकहरूलाई समेत सहभागी गराइनेछ, जसले नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन योगदान पुर्याउनेछ । यस शैक्षिक सम्मेलनमा फिनल्यान्ड, बेलायत र क्यानाडा जस्ता शिक्षामा अग्रणी देशहरूबाट प्रतिष्ठित वक्ताहरूले आफ्ना अनुभव र सफल शैक्षिक मोडलहरू प्रस्तुत गर्नुहनेछ । साथै, यो सम्मेलनलाई नेपाल सरकारको शिक्षा मन्त्रालय र ब्रिटिस काउन्सिलद्वारा सहजीकरण हुनेछ, जसले यसलाई अझ प्रभावकारी र परिणाममुखी बनाउनेछ। सम्मेलनमा भुटान, पाकिस्तान, बङ्गलादेश, श्रीलंका, भारत र भियतनामबाट पनि सहभागिताका लागि निश्चित भइसकेको छ।’ अध्यक्ष ढुङ्गानाले बताए।

दुई दिनसम्म चल्ने यस सम्मेलनमा १२ भन्दा बढी सेसनहरू सञ्चालन हुने बताइएको छ। ‘विविध शैक्षिक विषयका छलफल, नीतिगत बहस, र विद्यालय सुधारका लागि प्रभावकारी उपायहरूको खोजी गरिनेछ। यसका साथै विद्यालय व्यवस्थापन, शिक्षक प्रशिक्षण, र शैक्षिक नेतृत्वको सुदृढीकरणमा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिनेछन्। अन्तराष्ट्रिय स्तरको शिक्षा नेपालमा नै प्रदान गरी नेपालबाट बाहिरिने विद्यार्थी रोक्न र नेपालमा नै विदेशी विद्यार्थी अध्ययन गराई नेपाललाई शैक्षिक गन्तव्य बनाउन पनि सम्मेलनको उद्देश्य रहेको छ।’ प्याब्सनका महासचिव आरबि कटवालले बताए। सम्मेलनमा प्रशिक्षार्थी, वक्ता तथा प्रिजेन्टर गरी ४ सय ५० जना सहभागी हुने भएका छन्। नेपालको शिक्षा क्षेत्रको एक महत्पवूर्ण कार्यक्रमका रुपमा यसलाई लिइदै आएको छ।

Facebook Comments