प्रेमबहादुर राम्जा
दाङ । आन्तरिक राजश्व कार्यालय तुलसीपुरले हापुरेक्षेत्रका करदातालाई एक दिने करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कर सप्ताह दिवसको अबसर पारेर बबई र शान्तिनगर गाउँपालिका क्षेत्रका ब्यबसायी करदातालाई करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कार्यालय प्रमुख श्रीधर टण्डनले प्रत्येक करदातालाई करका बिषयमा स्पष्ट पार्न तथा कर बुझाउनका लागि जिम्मेवार बनाउनलाई हरेक बर्ष यस्ता करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी दिनुभयो । करदाता शिक्षाले कम्तीमा राज्यलाई कर बुझाएर सवल राष्ट्र निर्माणमा सहयोग पुग्ने कर प्रमुख टण्डनले जानकारी दिनुभयो ।
कार्यक्रममा हापुरे उद्योग बाणिज्य संघका अध्यक्ष टीकाराम खत्रीले यस्ता करदाता शिक्षा र अन्तरक्रिया कार्यक्रमले ब्यबसायी र करदातालाई ठूलो सहयोग पुग्ने बताउनुभयो । करका बिषयमा सबै नागरिकलाई सही सुचना नहुने भन्दै राजश्व कार्यालयले सञ्चालन गर्ने यस्ता कार्यक्रमले करका बिषयमा स्पष्ट हुन पाउने अध्यक्ष खत्रीले बताउनुभयो ।
कार्यक्रममा आन्तरिक राजश्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डन, कर अधिकृत हिरानन्द देवकोटाले सहभागी ब्यबसायी र सहभागीलाई करका बिषयमा जानकारी दिनुभएको थियो । कार्यक्रममा हापुरे उद्योग बाणिज्य संघ, शान्तिनगर उद्योग बाणिज्य संघ र स्थानीय नागरिकको सहभागीता रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।