छवि पुरी
घाेराही । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारस्थित श्री माध्यमिक विद्यालय सौडियारमा संचालन हुन लागेको श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह सफल बनाउन महायज्ञ मूल समारोह समितिले विषयगत उपसमिति गठन गरेको छ ।
विद्यालयको भौतिक, शैक्षिक सुधार एवम् सभाहल निर्माणका लागि आगामी मंसिर २१ गतेदेखि संचालन हुने महायज्ञ सम्पन्न गर्न मंगलबार विद्यालयमा आयोजित वृहत अन्तरक्रियाले मूल समारोह समितिसँगै २५ वटा उपसमिति गठन गर्दै संयोजकसमेत तोक्दै जिम्मेवारी बाँडफाँड गरेको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष निशानदाजु भट्टराई संयोजक रहेको ३ सय सदस्यीय महायज्ञ संचालन मूल समारोह समिति गठन गरिएको छ । जसको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक नन्दराम वली रहनुभएको छ भने सदस्यहरुमा घोराही ७ का वडा अध्यक्ष, वडा नम्बर ७ मा रहेका सबै टोल विकास संस्थाका अध्यक्ष, सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सहकारी संस्थाका अध्यक्ष, आमा समुहका अध्यक्षलगायत रहनुभएको छ ।
महायज्ञकाे प्रमुख कथावाचक व्यास पण्डित काेमल उपाध्याय रहनु भएको छ ।
वृहत अन्तरक्रियामार्फत गठित मूल समारोह समितिले महायज्ञ सम्पन्न गर्न धनधाञ्यांचल व्यवस्थापन उपसमिति संयोजकमा वडा सदस्य चित्रबहादुर चौधरीलाई संयोजक, नन्दबहादुर चौधरी सहसंयोजक रहेको पाँच सदस्यीय समिति गठन गरेको छ ।
यसैगरी, कलश व्यवस्थापन तथा शोभायात्रा व्यवस्थापन उपसमिति संयोजकमा ग्रामीण जागृति महिला सहकारी संस्थाकी अध्यक्ष कमला थापा, शिक्षक अभिभावक संघकी सदस्य आशा चौधरी सहसंयोजक तोकिनुभएको छ ।
मातृशक्ति परिचालन उपसमिति संयोजकमा हिरा योगी, सहसंयोजकमा बुधनी चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
मण्डप व्यवस्थापन उपसमिति संयोजकमा शालिकराम केसी र सहसंयोजकमा मंगलप्रसाद चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
महायज्ञ सफल बनाउन मञ्च व्यवस्थापन उपसमिति संयोजकमा तिलकराम आचार्यलाई संयोजकको जिम्मेवारी तोकिएको छ भने जिन्सी सामान व्यवस्थापन उपसमिति संयोजकमा प्रकाश केसीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
भेलाले संस्कृति व्यवस्थापन उपसमिति संयोजकमा पोषणबहादुर बस्नेतलाई दाता पहिचान उपसमिति संयोजकमा वडा नम्बर ७ का वडाअध्यक्ष खोपीराम चौधरीलाई जिम्मेवारी प्रदान गरेको छ ।
यसैगरी, प्रचारप्रसार उपसमिति संयोजकमा पत्रकार लीलाधर वलीलाई संयोजकमा तोकिएको छ भने अतिथि स्वागत तथा सम्मान उपसमिति संयोजकमा प्रधानाध्यापक नन्दबहादुर वलीलाई संयोजक, शिक्षक पद्मा अर्याललाई सहसंयोजकको जिम्मेवारी तोकिएको छ । महायज्ञ सुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा वुद्धिप्रकाश चौधरी संयोजक, राजेश चौधरी सहसंयोजक र सर्रा प्रहरी चौकी सदस्यका रुपमा तोकिएको छ ।
प्राज्ञिक उपसमिति संयोजकमा अमरबहादुर डाँगी संयोजक, हरिप्रसाद पाण्डेय, भुपबहादुर शाह सदस्य रहनुभएको छ ।
यसैगरी, पण्डित व्यवस्थापन उपसमिति संयोजकमा चन्द्रप्रसाद घिमिरेलाई जिम्मेवारी तोकिएको छ । भान्सा व्यवस्थापन उपसमिति संयोजकमा विद्यालयका शिक्षक शेरबहादुर चौधरीलाई संयोजक, सुभद्रा भण्डारीलाई सहसंयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
फ्रेम तथा दोसल्ला सम्मान व्यवस्थापन उपसमिति संयोजकमा रोबरबहादुर केसी, सदस्यमा वामदेव पोखरेल रहनुभएको छ ।
अनुगमन तथा मुल्यांकन उपसमिति संयोजकमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भीमप्रकाश खड्का, सहसंयोजकमा नन्दराम भण्डारी र सदस्यमा जनक चौधरी, भोजराज रावत रहनुभएको छ ।
अर्थ व्यवस्थापन उपसमिति संयोजकमा हिरालाल न्यौपाने, सहसंयोजकमा बसन्त अधिकारीलाई जिम्मेवारी तोकिएको छ । स्वास्थ्य उपचार व्यवस्थापन उपसमिति संयोजकमा सौडियार स्वास्थ्य चौकीका इन्चार्ज भरत चौधरी, सहसंयोजकमा भीमकान्त भण्डारी र सदस्यमा कान्तुलाल भण्डारी रहनुभएको छ ।
यसैगरी, स्वयम्सेवक तथा युवा परिचालन उपसमिति संयोजकमा माधव न्यौपाने, सहसंयोजकमा कुलबीर चौधरी र सदस्यमा अर्जुन चौधरी रहनुभएको छ । तुलादान व्यवस्थान उपसमिति संयोजकमा पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष मंगलराम चौधरी, सहसंयोजकमा तिलकराम चौधरी रहनुभएको छ ।
फूलमाला व्यवस्थापन उपसमिति संयोजकमा शिक्षक सीता डिसी, पूर्व शिक्षक अभिभावक संघकी अध्यक्ष पार्वती वलीलाई सहसंयोजकको जिम्मेवारी तोकिएको छ ।
स्थानीय दलहरुको समन्वय उपसमिति संयोजकमा नेपाली कांग्रेस सौडियार इकाइ सभापति कर्णबहादुर बुढाथोकीको संयोजकत्वमा नेकपा एमाले वडा नम्बर ७ का कार्यवाहक अध्यक्ष माधव न्यौपाने सहसंयोजक, माओवादी केन्द्रका वुद्धिप्रकाश चौधरी सदस्य, राप्रपाका तिलक आचार्य लगायत रहनुभएको छ ।
पूजा व्यवस्थापन उपसमिति संयोजकमा विद्यालयका शिक्षक सावित्रा पाण्डे रहनुभएको छ भने सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा शिक्षक अभिभावक संघका अध्यक्ष लोकबहादुर कुँवर र पोशाक व्यवस्थापन उपसमिति संयोजकमा खड्कबहादुर पुन, सहसंयोजकमा नारदप्रसाद भण्डारी रहनुभएको छ ।
महायज्ञ संचालनका लागि आयोजित वृहत अन्तरक्रिया विद्यालय व्यवस्थानि समिति अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा निवर्तमान प्रदेश सभा सदस्य अमरबहादुर डाँगीको प्रमुख आतिथ्य एवम् वडा नम्बर ७ का वडा अध्यक्ष खोपीराम चौधरीको विशिष्ट आतिथ्यमा भएको थियो ।
सो अवसरमा प्रमुख अतिथि डाँगीले शिक्षाको जग बलियो बनाउन समुदायको सहयोग चाहिएको बताउनुभयो । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि महायज्ञ संचालन गरेर दाताहरुमार्फत गर्न थालिएको कामले भोलिका दिनमा मावि सौडियारको शिक्षाको जग अझ बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।
वृहत अन्तरक्रियामा विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमप्रकाश खड्का, अक्षयकोषदाता हरिप्रसाद पाण्डेय, भुपबहादुर शाहलगायतले समुदायको विद्यालय भएकाले यसको हीतका लागि समुदायले नै पहल गर्ने बेला आएको बताउनुभयो । विद्यालयका शिक्षक हिरालाल न्यौपानेको विषय प्रवेशबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक विष्णुराम चौधरीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।