दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको आर्थिक विकाससँग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरुसँगको छलफललाइ तिब्रता दिनुभएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटस एम्बेस्सीका आर्थिक विभाग प्रमुख साम फेलको नेतृत्वमा रहेको टोलीसंग छलफल गर्दै प्रदेशको आर्थिक विकाससंग जोडिएका महत्त्वपूर्ण आयोजनाहरुमा लगानी गर्न मुख्यमन्त्री आचार्यले आह्वान गर्नु भएको हो ।
सरकारले लगानीको वातावरण बनाउने भएकाले ढुक्क भएर प्रदेशका योजनाहरुमा साझेदारी गर्न अनुरोध गर्नुभयो । प्रदेश राजधानी लाई हरित र नदी सभ्यतामा आधारित नमुना शहर बनाउन लगानी चाहिएको जानकारी गराउदै सरकारले लगानीको वातावरण बनाउने र त्यसमा ढुक्क भएर काम गर्न आग्रह गर्नुभयो ।
ञलगानीको वातावरण बनाउन चाहिने आधारहरु सरकारले बनाउछ । ढुक्कको वातावरण हामी निर्माण गर्छौं । प्रदेशको आर्थिक विकास संग जोडिएका आयोजनालाइ अघि बढाउन हामी संग प्रशस्त बजेट छैनझमुख्यमन्त्री आचार्यले भन्नुभयो(ञदातृ निकाय, निजि क्षेत्र संग सहकार्य गरेर महत्त्वपूर्ण आयोजनालाइ अघि बढाउन चाहन्छौं ।झ
प्रदेश सरकारले लुम्बिनी प्रदेशको राजधानी शहर निर्माण, शिवपुर र कालाकाटे सुरुङ्ग मार्ग, वौद्द सर्किटमा मोनोरेल सञ्चालन, कृषि र पर्यटन क्षेत्रमा सघन परियोजनाहरु अघि बढाउन सक्नेगरी लगानीको क्षेत्रहरुको वारेमा जानकारी गराएको छ । शिवपुर देखि कालाकाटे सम्म सुरुङ्ग मार्गको परियोजना ७ किलोमिटरको हुने प्रारम्भिक सर्वेक्षणबाट देखिएको छ । जसले१८ किलोमिटर बाटो छोटिने भएकाले राजधानी संग पहुँच सहज हुने देखिएको हो ।
ञयी आयोजना अघि बढेभने प्रदेशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्छ । घाटा होइन नाफामा जाने आयोजना हुनझमुख्यमन्त्री आचार्यले भन्नुभयो(ञप्रदेश सरकार, दातृ निकाय, निजि क्षेत्रको विचमा सहकार्यमा अघि बढाउन सकिन्छ ।झ प्रदेश सरकारले लुम्बिनीमा लगानी भित्र्याउन लगानी वोर्ड संग पनि निरन्तर छलफल गरिरहेको छ ।
लुम्बिनीमा लगानी सम्मेलन गर्ने तयारी पनि छ । प्रदेश सरकारले दोस्रो आवधिक योजनालाइ पूर्णता दिन थालेको छ । जसमा दिगोविकास लक्ष्यले निर्धारण गरेका लक्ष्य, उदेश्य संग जोडेर योजनाको प्राथमिकिकरण गरिएको समेत जानकारी दिनुभयो । गरिबीको रेखामुनि रहेका नागरिकहरुको जीवनस्तर उठाउनेगरी कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकमा राखिएको छ । छलफलमा प्रदेशका प्रमुख सचिव महादेव पन्थ, प्रदेश सचिव इश्वराज पौडेल, प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर नहकुल केसी, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत लगायतले भाग लिनु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।