तुल बहादुर कवँर मगर
सिसहनियाँ । दाङको राप्ती गाउँपालिका वडा नं. ८ पिपरीमा संचालित टाेल स्तरीय विभिन्न खेलकुद प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भएको छ।
“स्वास्थ्यकाे लागि खेलकुद,राष्ट्रकाे लागि खेलकुद” भन्ने नारा सहित वडा कार्यालयको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता अन्तर्गत भलिबल,फुटबल र क्रिकेट प्रतियोगीता सम्पन्न भएको हो।
जस अन्तर्गत ६ टाेल सहभागी
भलिवल पुरुष प्रतियोगिता तर्फ बिजाैरी टाेल प्रथम र शंकर टाेल द्धितिय भएका छन् ।भने ४ टाेल सहभागी महिला भलिवल तर्फ बिजाैरी टाेल प्रथम र इन्द्रेणी टाेल द्धितिय भएका छन्।
त्यस्तै ७ टाेल सहभागी पुरुष फुटबल प्रतियोगितामा सगरमाथा टाेल प्रथम र शंकर टाेल द्धितिय भएका छन्।
त्यसैगरी ६ टाेल सहभागी पुरुष क्रिकेट प्रतियोगितामा बिजाैरी टाेल प्रथम र शान्ति टाेल द्धितिय भएका छन्।
प्रतियोगितामा प्रथम र द्वितीय हुने खेलाडीहरुलाई क्रमश १३ हजार र १० हजार नगदसहित कप र प्रमाणपत्र प्रदान गरिएको छ।
प्रतियोगितामा सागर बुढालाई अनुशासित र उत्कृष्ट खेलडीकाे रुपमा छनाेट गरि कप र प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको छ।
कार्यवाहक वडा अध्यक्ष चम्फा पुन मगरको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बाेल्ने वक्ताहरुले खेलकुदले युवाहरूलाई अनुशासित, स्वास्थ्य र सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै राष्ट्र निर्माणमा योगदान महत्त्वपूर्ण पुर्याउने बताउनु भएको थियोे।
त्यस्तै उहाँहरुले आगामी दिनमा पनि यस प्रकारका खेलकुद प्रतियोगिताहरु वडा र पालिका स्तरीयमा सञ्चालन गरि सक्षम खेलाडी उत्पादन गर्ने समेत बताउनुभयाे।
प्रतियोगिता गत कार्तिक ३० गतेदेखि मंसिर २ गते सम्म चलेको थियोे ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।