• ३० कार्तिक २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
खानेपानीका योजना निर्माणमा अब ढिलाइ हुँदैन: मन्त्री थापा




घोराही । घोराही उपमहानगरपालिका वडा नम्बर २ रामपुरमा चार करोड बढीको लागतमा निर्माण भएको खानेपानी आयोजना समुदायलाई हस्तान्तरण गरिएको छ । चार करोड १९ लाख छ हजार तीन सय ५७ रुपैयाँको लागतमा निर्माण गरिएको अजम्बरी बृहत् खानेपानी तथा सरसफाइ आयोजना शनिवार लुम्बिनी प्रदेशका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले अजम्बरी बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई हस्तान्तरण गरेका हुन् ।

अजम्बरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको १४औँ वार्षिका साधारणसभा तथा खानेपानी आयोजना उद्घाटन एवम् हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री थापाले नागरिकलाई स्वच्छ र सफा खानेपानी पु¥याउन लागिरहेको बताए । प्रदेश सरकारले अघि बढाएको ‘एक घर, एक धारा’ अभियानलाई पूरा गर्न प्रतिबद्ध रहेको भन्दै मन्त्री थापाले चालु आर्थिक वर्षमा प्रदेशका १२ जिल्लामा तीन सय ६४ वटा खानेपानी योजना सम्पन्न गर्ने लक्ष्यका साथ अघि बढेको बताए ।

‘प्रदेशबासी नागरिकलाई जतिसक्यो चाँडै सफा र स्वच्छ खानेपानी पु¥याउने गरी काम गरिरहेका छौँ’, मन्त्री थापाले भने, ‘यो वर्ष प्रदेशमा करिब तीन सय ६४ खानेपानी योजना सम्पन्न गर्ने लक्ष्य छ ।’ मन्त्री थापाले अघिल्लो सरकारले योजना बनाउनेदेखि बजेट विनियोजन गरिसकाले अहिले काम गर्न केही समस्या भए पनि सुरु गरेका योजना जति सक्यो चाँडै सम्पन्न गर्ने गरी लागिपरेको बताए । मन्त्री थापाले खानेपानी योजना सम्पन्न भएर उपभोक्तालाई वितरण गर्दा कतिपय ठाउँमा महँगो शुल्क लिँदा उपभोक्ता मारमा पर्ने गरेको भन्दै उपभोक्ता समितिले सर्वशुलभ मूल्यमा गुणस्तरीय पानी पु¥याउनतर्फ ध्यान दिनु पर्ने बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य लोका विकले नागरिकको सफा र स्वच्छ खानेपानी खान पाउने अधिकारलाई पूरा गर्न प्रदेश सरकारले ध्यान दिनु पर्ने बताइन् । धेरै ठाउँहरूमा खानेपानीका योजनाहरू निर्माणका क्रममा रहेको भन्दै प्रदेश सभा सदस्य विकले ती योजनालाई समयमै सम्पन्न गरेर नागरिकलाई सफा र स्वच्छ पानी पु¥याउनु पर्ने बताइन् ।

कार्यक्रममा घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले नगरका सबै क्षेत्रमा खानेपानी पु¥याउने गरी उपमहानगरपालिकाले खानेपानीको पहुँच अभिवृद्धिमा लागेको बताए । विगतमा जस्तो खोला वा जरुवाको पानी खानु पर्ने बाध्यता पछिल्लो समयमा नागरिकलाई नभएको भन्दै नगर प्रमुख चौधरीले भने, ‘पहिले नगरका धेरै ठाउँमा खोला वा जरुवाको पानी खानु पर्ने नागरिकलाई बाध्यता थियो तर अहिले नगरका धेरै ठाउँमा खानेपानी योजना निर्माण भएपछि त्यो बाध्यता हटेको छ ।’ नगर प्रमुख चौधरीले स्थानीय सरकारले संघ र प्रदेश सरकारसँग समन्वय गरेर खानेपानीका योजनासँगै सडक, विद्युत र सञ्चारको विकासमा लागेको बताए ।

आर्थिक वर्ष २०७५÷०७६ मा निर्माण सुरु भएको खानेपानी आयोजना आर्थिक वर्ष २०८१÷०८२ मा सम्पन्न भएको थियो । लुम्बिनी प्रदेश सरकारको तीन करोड ६९ लाख ८४ हजार दुई सय २२ रुपैयाँ ५३ पैसा र जनश्रमदानबाट ४९ लाख २२ हजार एक सय ३४ रुपैयाँ ५४ पैसा खर्च भएको खानेपानी डिभिजन कार्यालय दाङका प्रमुख तिलक न्यौपानेले जानकारी दिए । कार्यालय प्रमुख न्यौपानेका अनुसार आयोजना निर्माण भएसँगै आठ सय २२ घरधुरी लाभान्वित हुने भएका छन् ।

आठ सय २२ घरधरीका लागि छ सय ५४ धारा जडान गरिएको छ । जसमा निजी धारा छ सय ४६ वटा, संस्थागत सात वटा र सार्वजनिक धारा एउटा जडान गरिएको छ । खानेपानी आयोजन आन्तर्गत दुईवटा बोरिङ निर्माण, ७० मिटर प्रसारण पाइपलाइन विस्तार, चार सय ५० घनमिटरको ओभरहेड पानी पोखरी निर्माण, १२ वटा भल्व च्याम्बर, एक÷एक वटा कार्यालय भवन र पम्प हाउस, एउटा ट्रान्सफर्मरसहित विद्युतीकरणलगायतका संरचना निर्माण गरिएका छन् ।

अजम्बरी बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दण्डपानी घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा सहरी विकास तथा खानेपानी मन्त्रालयका सचिव बासु पौडेल, नेपाली कांग्रेसका नेता तथा जग्गादाता कमलकिशोर घिमिरे, नेपाली कांग्रेसका महासमिति सदस्य किरणकिशोर घिमिरे, राष्ट्रिय जनमोर्चाका मणिराम खनाल, नारायण थापालगायतले मन्तव्य व्यक्त गर्दै उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय पानी पु¥याउन ध्यान दिन आग्रह गरेका थिए । कार्यक्रममा सचिव भिष्म पोख्रेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष विद्या केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा खानेपानी योजना निर्माणका लागि सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

Facebook Comments