दाङ। औषधी उत्पादन, बिक्रि वितरण , गुणस्तर र उपभोक्ता सहज र सर्वसुलभ पहुँचको विषयमा नेपाल औषधी थोक व्यवसायी संघ लुम्बिनी प्रदेशले दाङको घोराहीमा बृहत अन्र्तक्रिया गर्ने भएको छ।
मानव स्वास्थ्यका लागि अति आवश्यक औषधीजन्य वस्तुको उत्पादन, बजारीकरण, आयात , लक्षित वर्ग समुदायका स्वास्थ्य कार्यक्रम, स्वास्थ्य बिमा कार्यक्रम, बिक्रि वितरण, गुणस्तर र सहज र सर्वसुलभ उपभोगका विषयमा देखिएका चुनौतीको न्युनिकरणका लागि प्रदेशस्तरीय बृहत अन्र्तक्रिया गर्न लागिएको संघका अध्यक्ष शालिकराम आचार्यले जानकारी दिनुभयो । उक्त कार्यक्रममा स्वास्थ्य सेवा क्षेत्रमा देखिएको विषयम अवस्था, नागरिक स्वास्थ्य , औषधी उत्पादनदेखि उपभोक्ताले उपभोग गर्दा सम्ममा देखिएका समस्या र समस्या समाधानको उपायसम्मको खोजीका कार्यक्रमको उद्देश्य रहेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो।
कार्यक्रममा नेपालमा औषधी उत्पादनको ईतिहास , विकास र वर्तमान अवस्थाका बारे औँषधी उत्पादक संघ, औषधीको बिक्रि वितरण व्यवस्थापनमा देखिएका चुनौतीका विषयमा नेपाल औषधी थोक व्यवसायी संघ लुम्विनी प्रदेशका अध्यक्ष शालिकराम आचार्य, नेपालमा अत्यावश्यक औषधी आयात र आयात गर्ने अवस्थामा देखिएका समस्या र चुनौती विषयमा पवनकुमार आचार्य, लक्षित वर्ग समुदाय आधारित स्वास्थ्य कार्यक्रम तथा स्वास्थ्य विमा कार्यक्रमको प्रभावकारी कार्यन्वयन र दिगोपनका विषयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, औषधीको गुणस्तर , मूल्य निर्धारण, अत्यावश्यक औषधीको सहज उपलब्धता बारे औषधी व्यवस्था विभाग, औषधी सर्वसूलभ उपभोग उपभोक्ताका तर्फवाट किशोरचन्द गौतम, अतिआवश्यक औषधीको सहज उपलब्धता र उपचारका क्रममा हुन सक्ने सम्भावित जोखिम न्यूनिकरणका विषयक नेपाल निजी अस्पताल दाङका अध्यक्ष बालाराम शर्माले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको संघले जनाएको छ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।