घोराही । युवाहरुको संस्था नेपाल जेसीजको राष्ट्रिय लेडी एकेडेमी सम्मेलनको तयारी भएको छ ।
दाङको घोराहीमा हुन थालेको १७ औं नेशनल लेडी एकेडेमी सम्मेलनको तयारी पुरा भएको छ । युवाहरुको सस्था नेपाल जेसीजको आयोजना तथा दाङ महिला जेसीजको आतिथ्यतामा कात्तिकको आज र भोली घोराहीस्थीत होटेल भिग्रेली भिलेज रिसोटमा हुुन थालेको नेशनल लेडी एकेडेमी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आयोजकले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर नेशनल लेडी एकेडेमी सम्मेलनको तयारी पुरा भएको जानकारी दिएको थियो । सम्मेलनमा नेपाल जेसीजअन्तर्गत देशभर रहेका ४० शाखाहरुबाट ५० बढी महिलाहरुको सहभागीता रहने भएको नेपाल जेसीजका अध्यक्ष रविन्द्र पोख्रेलले जानकारी दिएका छन् ।
नेपाल जेसीजअन्तर्गत रहेका युवा महिलालाई लक्षित गरेर आयोजना गरिएको सम्मेलनमा नेतृत्व र व्यक्तित्व विकाससँगै उद्यमशीलता विकास, सञ्जाल विस्तार र नेटवर्किङलगायतका विषयमा प्यानल छलफलसँगै तालिम प्रदान गरिने छ । छलफलमा नेपाल जेसीजको विभिन्न नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका, उद्यमशीलतामा सफलता हासिल गरेका महिला तथा पुरुष व्यक्तिहरुलाई सहभागी गराएर छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष पोख्रेलले जानकारी दिए ।
सम्मेलनले सहभागीहरुको क्षमता अभिवृद्धिसँगै दाङको आर्थिक, सांस्कृतिक एवं पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको दाङ महिला जेसीजका अध्यक्ष जुनकुमारी बुढाले बताइन । सम्मेलनकोे उद्घाटन आज विहान ११ बजे घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले गर्ने भएका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।