दाङ । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटस्थित भद्राक्षी मगर युवा क्लबले देउसी भैलो कार्यक्रमबाट संकलित रकम निलसागर सेवा आश्रमलाई सहयोग गरेको छ। क्लबका अध्यक्ष ओबिन्द्र सुनारी मगरको नेतृत्वमा शुक्रवार आश्रममा पुगी देउसीभैलोबाट बचेको रकममध्ये १० हजार रुपैयाँ नगद हस्तान्तरण गर्दै सडक आश्रित मानवलाई विहानको १ छाक खाना खुवाइएको छ।
सामाजिक क्षेत्रमा योगदान दिने उद्देश्यले क्लबका अध्यक्ष ओबिन्द्र सुनारी मगरले वडा नम्बर ९ का अध्यक्ष रिमबहादुर सुनारी मगरको रोहवरमा उक्त रकम आश्रमका कार्यवाहक अध्यक्ष गरिवु चौधरीलाई प्रदान गरेका हुन्। देउसीभैलो कार्यक्रमबाट कुल १ लाख १५ हजार रुपैयाँ संकलित भए पनि खर्च कटाएर बाँकी रहेको १ लाख ३ हजार रुपैयाँमध्ये १० हजार नगद आश्रमलाई हस्तान्तरण गरिएको हो।
रकम हस्तान्तरण कार्यक्रममा क्लबका उपाध्यक्ष अर्जुन घर्ती मगर, कोषाध्यक्ष सुवर्ण गाहामगर, सदस्य अर्जुन घर्तीमगर तथा पत्रकार ओमप्रकाश गुप्ताको उपस्थिति रहेको थियो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।