• ६ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको मृत्यु




चितवन। चितवनको भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा आज बिहान बस र माइक्रोबस ठोक्किँदा पाँच जनाको ज्यान गएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ज्यान गुमाउने पाँच जना र घाइतेमध्ये गम्भीर रहेका एक जना माइक्रोबसका यात्रु रहेका प्रहरीले जनाएको छ । माइक्रोबसमा ६ जना थिए ।

बसका चालक र सहचालक घाइते भएकोमा अरु यात्रुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी भेषराज रिजालले जानकारी दिएका छन् ।

मुग्लिनबाट नारायणगढ छुटेको बाग्मती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको विद्युतीय माइक्रोबस र नारायणगढबाट मुग्लिनका लागि छुटेको बाग्मती प्रदेश ३–००१ ख २८१२ नम्बरको बस आज बिहान तीन बजेतिर ठोक्किएर दुर्घटना भएको हो ।

मृतकहरु मध्ये आरुघाट गाउँपालिका–१ मान्बुका वर्षका राजबहादुर गुरुङको मात्र परिचय खुलेको र अन्यको नाम ठेगाना नखुलिसकेको प्रहरीले बताएको छ ।

Facebook Comments