दाङ। दाङमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बिजौरीका मधु श्रेष्ठको छोरा १६ वर्षका किशोर श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो।
श्रेष्ठले आज बिहान १० बजेतिर आफ्नै घरमा दिपावलीको लागी लगाएको बत्ति निकाल्ने क्रममा एक्कासी बाँया हात र दाँया खुट्टामा करेन्ट लागि घाईते हुनुभएको थियो।
उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा बिहान ११ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।