घोराही । नेकपा माओवादी केन्द्र घोराही नगर कमिटीका सचिवालय सदस्य एवं मगर राष्ट्रिय मुक्ति मोर्चाका िजल्ला सचिव नन्दबहादुर घर्ती मगरको श्रद्वाञ्जली सभा सम्पन्न गरिएको छ । नेकपा माओवादी केन्द्र घोराही नगर कमिटी र मगर राष्ट्रिय मुक्तिमोर्चाले उहाँको निवास घोराही (१४ ल्वाहासुर शोक सभा सम्पन्न गरेको हो ।
त्यस अवसरमा बोल्ने बक्ताहरुले मुलक परिवर्तनको पक्षमा योगदान गरेको बताएका थिए । गणतन्त्र र नेपालको संविधान लेख्नका लागि उहाँको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै ग्रामीण वर्ष संर्घषदेखि स्थापित व्यक्तित्वका रुपमा स्मरण गरिएको थिए । यसका साथै उहाँले माओवादी पार्टी र सिङ्गो समाजलाई अगाडि बढाउन भूमिका खेलेको बताएका थिए ।
शोकसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका उपमहासचिव बर्षमान पुन ‘अनन्त’ले अब लोकतन्त्रले जनताको अवस्था बदल्ने बेला आएको बताउनुभयो ।
उहाँले हरेक दश दश बर्षमा हुने क्रान्तिलाई टेकेर समाजबादी क्रान्ति गर्नुपर्ने गर्ने आबश्यक रहेको उल्लेख गर्नुभयो । श्रद्वाञ्जली सभालाई पार्टीका केन्द्रीय सदस्य हेमराज शर्मा ‘डायमण्ड’ केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर मास्की ‘राजेश’ जिल्ला संयोजक हरिमान पुन ‘बरुण’, कार्चाबाङ समाजका गणबहादुर पुन ‘पर्वत’ लगायतले शोक मन्तब्य ब्यक्त गर्नुभयो ।
नगर अध्यक्ष खिमबहादुर चौधरी ‘अटल’को अध्यक्षताका भएको कार्यक्रमको सञ्चालन सचिव बसन्त चौधरीले गर्नुभएको थियो । २०२६ बैशाख १ गते जन्मनु भएका घर्तीको २०८१ कार्तिक १६ गते दुर्घटना परी निधन भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।