घोराही । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीले कार्यालय सञ्चालनका लागि भैलो खेलेको छ । नगर अध्यक्ष खिमबहादुर चौधरीको नेतृत्वमा नेता कार्यकर्ता भैलोमा सहभागी भएका थिए ।
नगर इञ्चार्ज तुलसी डाँगी ‘मिलन’ भैलोको रकमबाट पार्टी कार्यालय व्यवस्थित गरिने बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म पाँच लाख बढी सहयोग संकलन भएको छ भने केही सहयोगको प्रतिबद्धता पनि आएको छ । पार्टीको घरदैलो अभियान अन्तर्गत भैलो खेलिएको उहाँले जानकारी दिनुभयो ।
इञ्चार्ज डाँगीका अनुसार पार्टी तिहारको अवसरमा पार्टी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका एजेण्डासहित धेरैका घरमा पुगेको छ । भैलोका क्रममा आर्थिक सहयोग मात्र नभई जनताबाट अपेक्षा पनि संकलन गरिएको उहाँले जानकारी दिनुभयो ।
भैलोबाट उठेको रकम अक्षयकोषमा राखी त्यसको व्याजबाट कार्यालय सञ्चालन गरिने नगर सचिव वसन्त चौधरीले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।