कमिरेचौर । दाङको बंगलाचुली गाउँपालिकाले यस वर्षपनि भैलो महोत्सव गर्ने भएको छ । कार्तिक २७ गते हरिबोधिनी एकादशीको दिन बंगलाचुली गाउँपलिका वडा नम्वर ५ को बंगलाचुली पर्यटकिय स्थल बंगलाचुलीमा भैलो महोत्सव गरिने बंगलाचुली गाउँपालिकाका प्रवक्ता शोभाराज विश्वकर्माले जानकारी दिनुभयो ।
बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले भैलो महोत्सव बंगलाचुली लेकमा गर्ने निर्णय गरेको हो । बैठकले महोत्वस व्यवस्थापनका लागि वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीलाई संयोजक समेत तोकेको प्रवक्ता विश्वकर्माले जानकारी दिनुभयो ।
बंगलाचुली गाउँपालिकाको विभिन्न पर्यटकीय क्षेत्रको विकास, प्रवर्द्धन एवं प्रचार प्रसार तथा स्थानिय कला संस्कृतिको संरक्षणको लागि भैलो महोत्सवको आयोजना गरिएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।