• १८ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुनौलो बिहानी युवा क्लबको ११ औँ वार्षिकोत्सब भब्य रुपमा सम्पन्न




कमल खड्का
रोल्पा । सुनौलो बिहानी युवा क्लब रुन्टीगढी -९ रोल्पाले ११ औं बार्षिक उत्सव मनाएको छ । बार्षिक उत्सवको अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो ।

जस अन्तरगत पुरुष भलिबल, महिला भलिबल एकल नृत्य घैँटाफोर, कुुर्सी डौड लगायतका प्रतियोगिताहरु समाबेश गरिएका थिए । पुरुष भलिबलतर्फ क्वाङकीडो समूह रुन्टीगढी प्रथम, शुभप्रभात सैवाङ दोस्रो,शुसिल युवा क्लब रुन्टीगढी- १ तेस्रो र सुनिल स्मृति घोडागाउँ सान्त्वना भएका हुन् ।

यसैगरी महिला भलिबलतर्फ हरियाली युवा क्लब हरि गातिना प्रथम, परिवर्तन- १ कुरेली दोस्रो,एकता युवा क्लब त्रिबेणी -१ करेती तेस्रो र होलेरी युवा कल्ब सान्त्वना भएका छन् ।

यस्तै घैटाफोर प्रतियोगितामा खुम बहादुर भण्डारी सफल भएका हुन् भने पुरुष उत्कृष्ट खेलाडीमा बिकल्प बिक शुभप्रभात युवा क्लबबाट भए भने महिलाबाट जस्मती घर्ती एकता युवा क्लबबाट छनोट भएका हुन् ।

समापन कार्यक्रमका प्रमुख अतिथिति तथा रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले क्लबको ११ औँ बार्षिक उत्सव भब्य र सभ्य रुपमा सम्पन्न भएकोमा खुसी ब्यक्त गर्दै आगामी दिनहरुमा समाज रुपान्तरणतर्फ अग्रसर भएर लाग्न प्रेरणा दिँदै शुभकामना समेत ब्यक्त गर्नुभएको छ । उहाँले समाजमा क्लब संघ/ संस्था तथा समूहहरु गठन गरि समाजको हित हुने गरि काम गर्न समेत सुझाब दिनुभएको थियो । कुनैपनि समूह क्लबले आफ्नो उद्देश्यलाई भुलेर कुनै अमुख पार्टी र वा ब्यक्तिको निहित स्वार्थ हितमा रहेर काम गर्दा समाजलाइनै घाटाहुने हुँदा त्यतातिर नलाग्न समेत सझाब ब्यक्त गर्नुभयो ।

क्लबका अध्यक्ष राजन घर्तीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन,अतिथि वडा नं. ९ का अध्यक्ष चेतलाल खत्री,वडा -९ का निर्वतमान अध्यक्ष नेप बहादुर थापा, नेपाली कांग्रेस क्षेत्रिय सचिब हरि विश्वकर्मा,होलेरी बजार ब्यवस्थापक अध्यक्ष होम यरी, क्लबका संस्थापक अध्यक्ष तथा बरिष्ठ सल्लाहकार खुम बहादुर सार्की, क्लबका प्रमुख सचेतक प्रदिप बाठा मगर लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन सल्लाहकार जयन्द्र केसीले गर्नुभएको थियो । खेल तथा सांस्कृतिक कार्यक्रम कार्तिक १० देखि १३ गतेसम्म चलेको थियो ।

Facebook Comments