• १८ मंसिर २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी क्वानकिडो संघ गठन, अध्यक्षमा खत्री




दाङ । दाङको घोराहीमा भएको खेलाडीहरुको भेलाले दुर्गा केसीको अध्यक्षतामा लुम्बिनी प्रदेशस्तरीय क्वानकिडो संघ गठन गरेको छ।

संघको उपाध्यक्षमा बाँकेका लोकनाथ गुप्ता र दाङका दिनेश थापा, सचिवमा दाङका सुरज बुढा र कोषाध्यक्षमा मञ्जु दर्लामी चयन भएकी छिन्। संघको सदस्यमा रामबहादुर थारु र टेकबहादुर विक रहेका छन्। अन्य सदस्य आवश्यकता अनुसार पछि थप गरिने छ।

क्वानकिडो संघका केन्द्रीय अध्यक्ष सुवणर् विसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि घोराही उपमहानगपालिकाका उपप्रमुख हुमा डिसीले हरेक व्यक्तिका लागि शारीरिकसंगै मानसिक विकास र आत्मरक्षाका लागि महत्त्वपूणर् भूमिका रहने भएकाले स्थानीय सरकारका तर्फबाट हुने सहयोग गर्न तयार रहेको बताइन् ।

त्यसैगरी उनले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय सरकारका रुपमा घोराही उपमहानगरपालिकाले पहल गरिरहेको भन्दै क्वानकिडो खेलको विकासका लागि पनि सक्ने सहयोग गर्ने बताएकी थिइन।

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं १४ का निवर्तमान अध्यक्ष शक्तिराम डाँगीले क्वानकिडो खेलको विकासले समग्र खेलकुदको विकासका लागि भूमिका खेल्ने भन्दै नयाँ ऊर्जावान खेलाडीलाई लगनसिल र इमान्दारितापूर्वक लाग्न आग्रह गरेका थिए ।

कार्यक्रममा विप्लव निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य अनिल केसीले नयाँ खेलका रुपमा विकास भैरहेको क्वानकिडो खेलमा अत्यन्त राम्रो सम्भावना भएको भन्दै खेलको विकासका लागि लाग्न सबैलाई आग्रह गरेका थिए ।

नवगठित क्यानकिडो संघका लुम्बिनी प्रदेश अध्यक्ष खेत्रीले क्यानकिडो संघसँगै समग्र खेलकुद क्षेत्रको विकासका लागि सवैसँग सहकार्य गरेर आगामी दिनमा अघि बढ्ने बताएका थिए । क्वानकिडो संघ दाङकी उपाध्यक्ष वर्षा ठेडी मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार छवि पुरीले गरेका थिए ।

Facebook Comments