• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
७ वर्षपछि राप्ती प्रतिष्ठानमा एमबिबिएसको पढाई : धमाधम विद्यार्थी भर्ना हुने क्रम बढ्याे




दाङ । चिकित्सा शिक्षा आयोग काठमाडौंले ३७ जना एमबिबिएस पढ्ने बिद्यार्थीलाई भर्नाको लागी दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको छ । आयोगले कलेज म्याचीङ गर्दै पुर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्ने बिद्यार्थीलाई भर्नाका लागि पठाएको हो । बिद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको प्राध्यापक रजिस्ट्रार श्याम लम्सालले बताउनु भयो । यसबर्षबाट प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएपछि छात्रवृत्तिमा पढ्नेबिद्यार्थीहरु आउन लागेका हुन ।

चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबिबिएस पढ्न पाउने रजिष्ट्रार लम्सालले बताउनु भयो । उहाँका अनुसार ४ जना बिदेशी र ९ जनाले पेइङमा एमबिबिएसमा पढन पाउने छन । आयोगबाट आउने नामावलि अनुसार भर्ना हुनेछन ।

प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमती पाएको हो । हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन भइरहेको छ । अब एमबिबिएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । “एमबिबिएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो”, उहाले भन्नुभयो, “दाङको चिकित्सा शिक्षामा यसले ठुलो र महत्वपुर्ण अर्थ राख्छ, दाङकै आर्थिक, सामाजिक बिकासमा शैक्षिक कार्यक्रम सुरुवातले कोसेढुङ्गा सावित हुनेछ ।”

यसअघि लामो समय शैक्षिक कार्यक्रम सुरु नहुँदा जिल्लामा व्यापक आवाज उठ्ने गरेको थियो । तर, अब वर्सेनि शैक्षिक कार्यक्रम थपिन थालेपछि जिल्लामा उत्साह थपिएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो ।

७ वर्षपछि राप्ती प्रतिष्ठानमा एमबिबिएसको पढाई : धमाधम बिद्यार्थी भर्ना हुनेक्रम बढ्याे !
दाङ । चिकित्सा शिक्षा आयोग काठमाडौंले ३७ जना एमबिबिएस पढ्ने बिद्यार्थीलाई भर्नाको लागी दाङको घोराही स्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाएको छ । आयोगले कलेज म्याचीङ गर्दै पुर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्ने बिद्यार्थीलाई भर्नाका लागि पठाएको हो । बिद्यार्थी भर्नाको तयारी प्रतिष्ठानले गरिसकेको प्राध्यापक रजिस्ट्रार श्याम लम्सालले बताउनु भयो । यसबर्षबाट प्रतिष्ठानमा एमबिबिएस पढाइ सुरु हुने भएपछि छात्रवृत्तिमा पढ्ने बिद्यार्थीहरु आउन लागेका हुन ।

चिकित्सा शिक्षा आयोगले एमबिबिएस पढाइ सञ्चालनका लागि ५० सिट सुनिश्चित गरेको छ । जसमा ७५ प्रतिशत छात्रवृत्तिमा विद्यार्थीले एमबिबिएस पढ्न पाउने रजिष्ट्रार लम्सालले बताउनु भयो । उहाँका अनुसार ४ जना बिदेशी र ९ जनाले पेइङमा एमबिबिएसमा पढन पाउने छन । आयोगबाट आउने नामावलि अनुसार भर्ना हुनेछन ।

प्रतिष्ठानले करिब ७ बर्षपछि एमबिबिएस पठनपाठनका लागि आयोगबाट अनुमती पाएको हो । हाल प्रतिष्ठानमा बिएस्सी र बिएनएस नर्सिङ र चिकित्सकको एमडिको पठनपाठन भइरहेको छ । अब एमबिबिएस पढ्नकै लागि जिल्ला बाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । “एमबिबिएस पढाइ सञ्चालन गर्ने कुरा धेरै महत्त्वपूर्ण कुरा हो”, उहाले भन्नुभयो, “दाङको चिकित्सा शिक्षामा यसले ठुलो र महत्वपुर्ण अर्थ राख्छ, दाङकै आर्थिक, सामाजिक बिकासमा शैक्षिक कार्यक्रम सुरुवातले कोसेढुङ्गा सावित हुनेछ ।”

यसअघि लामो समय शैक्षिक कार्यक्रम सुरु नहुँदा जिल्लामा व्यापक आवाज उठ्ने गरेको थियो । तर, अब वर्सेनि शैक्षिक कार्यक्रम थपिन थालेपछि जिल्लामा उत्साह थपिएको छ । राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइएको हो ।

Facebook Comments