• ९ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नारायणपुरमा विवेकले फूलाए बहुमूल्य र दुर्लभ वनस्पति केशर




घोराही । २८ बर्षे युवा । उहाँसँगै पढेका, एउटै उमेरका साथीहरु अधिकांश विदेशमा छन् । घोराही उपमहानगरपालिका १० नारायणपुर निबासी विवेक अधिकारीले बाली विज्ञान पढ्नुभयो । भारतको पञ्जावमा बाली विज्ञान परेर घर फर्किएका विवेक विदेश हैन स्वदेशमै केही गर्नुपर्छ भनेर नयाँ प्रयोगमा होमिनु भएको छ । उहाँले बहुमूल्य र दुर्लभ वनस्पति केशरको खेती थाल्नुभएको छ ।

केशर एक बहुमूल्य तथा दुलर्भ वनस्पति हो । लसुन वा प्याजको आकारको सेतो गानो यसको वीऊ हुन्छ । पोथ्रो जातको यो वनस्पतिको फूल नीलो र अतिसुन्दर हुन्छ । यो फूलेको बेला मन लोभ्याउने दृष्य देखिन्छ । जो अहिले विवेकको एउटा कोठमा ढकमम्क फूलेको छ ।

१२ कक्षा पढेपछि अधिकांश युवाहरु विदेशिने गरेका छन् तर विवेक भन्नुहुन्छ विदेशमा गर्ने मेहनत स्वदेश तथा घरमै गरौ भनेर पढेकै विषयलाई व्यवसायमा रुपान्तरण गर्ने सोचले अघि बढेको छु । निकै चिसो ठाउँमा खेती गरिने केशरलाई विवेकले एउटा बन्द कोठामा तापक्रम मिलाएर चिस्यान मै फूलाउनुभएको छ ।

विश्वबजारमा केशरको मूल्य अत्यधिक छ । प्रति केजी आठदेखि दश लाखसम्म नेपाली रुपैयाँ मूल्य पर्ने केशरको व्यवसाय र व्यवसायिक खेती नेपालमा शून्य प्रायः रहेको विवेको भनाई छ । विवेकका बुवा निमकान्त अधिकारीले पनि छोराले पढेकै विषयलाई व्यवहार र व्यवसामा जोडेकाले आफु खुशी रहेको बताउनुभयो ।

केशरको उपयोगिता
केशरको उपयोगिता र गुण धेरै रहेको पाइएको छ । केशरलाई दूध, मह वा पानीमा घोलेर सेवन गर्न सकिन्छ । यसको सेवनले शरीरमा ऊर्जा प्राप्त हुनुका साथै अनेक रोगसँग लड्नको लागि रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

गर्भवती महिलाले सेवन गर्नाले बच्चा तन्दुरुस्त जन्मिने र आमालाई प्रसवपीडा कम हुने, केशरको नियमित सेवनले अनुहारमा चमक आउने, पाचनप्रणाली ठीक रहने, मधुमेह नियन्त्रण हुने, कामशक्ति वृद्धि हुने जस्ता फाइदा हुने विज्ञहरुले बताएका छन् । यार्सागुम्बामा हुने गुणहरु समेत पाइने केशरलाई बहुमूल्य मसलाको रुपमा प्रयोग पनि गरिने गरिन्छ ।

Facebook Comments