• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु




दाङ । दाङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक लमही नगरपालिका-४ भैसकुमराका ३१ वर्षिय हेमन्त चौधरीको मृत्यु भएको हो ।

चौधरीको उपचारको क्रममा लमही अस्पतालमा गएराती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो।

उहाँका अनुसार चौधरीलाई पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-७ नयाँ वस्तीमा ट्याक्टरले ठक्कर दिएको हो । सतबरियाबाट लमहीतर्फ आउँदै गरेको लु ३१ प ४१५४ नम्बरको मोटरसाइकललाई भे १ त ४१५६ नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक लमही-७ का ४२ वर्षिय शोभाराम चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

Facebook Comments