दाङ। दाङमा आज बिहानै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी जिप चालक दंगिशरण गाउँपालिका-४ बैबाङका २२ वर्षिय हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ६ का १९ वर्षिय सुरेश खड्काको मृत्यु भएको हो । दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
सल्यानको कोईलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर-३ साततलेमा आज बिहान साढे ३ बजेतिर दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिपमा ५ जना सवार रहेको र अरु तीन जना पनि गम्भिर घाइते भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।