दाङ । दाङको घोराहीबाट श्रीमती बेपत्ता भएको भन्दै श्यामलाल महराले श्रीमतीको खोजी गरिदिन आग्रह गरेका छन् ।
महराले कार्तिक १ गते विहीवार दिउसोको समयमा २८ वर्षीया श्रीमती शिवा महरा बंगलाचुली घरदेखि घोराही बजार आइपुगे पछि सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।
श्रीमती हराएको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा खोजी गरिदिन भन्दै निवेदन दिएको समेत श्रीमान महराले जानकारी दिए । जसले देखे पनि नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन उहाँले आग्रह गर्नुभयो ।
महराले श्रीमती शिवालाई जहाँ भए पनि एक पटक घर आउन आग्रह गरेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।