• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङको विकासका लागि साझा एजेण्डा आवश्यक




घोराही  । दुई उपमहानगरपालिका, एक नगरपालिका र सात वटा गाउँपालिका गरी दश स्थानीय तहले बनेको एक जिल्ला हो, दाङ । कृषि,पर्यटन क्षेत्रको विकास , प्राकृतिक स्रोत साधनको उचित सदुपयोग नै दाङको समृद्धिका आधारहरु हुन् । जसका लागि साझा एजेण्डा र धारणा निर्माणको आवश्यकता रहेको बताइएको छ ।

उक्त साँझा एजेण्डा निमार्ण गर्न दाङ जिल्ला उद्योग वाणिज्य संघे भूमिका  खेलिरहेको छ, जस अन्तरर्गत विभिन्न वज्ञ व्यक्तिहरुसँग सुझाव संकलनमा लागेको दाङ जिल्ला उद्योग वाणिज्य संघका सचिव विकास वलीले बताए ।

दाङबाट प्रतिनिधित्व गर्ने संघ र प्रदेशका माननिय र मन्त्रीसहित  दश स्थानीय तहका प्रमुख , उप-प्रमुख र दाङ का क्रियाशील संघसंस्था र राजनीति दलको उपस्थित यहीँ कार्तिक  २२ गते भेलाको आयोजना गरेको समेत सचिव वलीले बताए ।

‘दाङको समृद्धिका लागि विकासको सामूहिक रोडम्याप आवश्यक छ । जिल्लाको तत्कालिन र दीर्घकालिन विकास रणनीति बनाएर सबै पक्ष नलाग्दासम्म विकास र समृद्धिको कल्पना समेत गर्न नसकिने दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले बताए  ।

अध्यक्ष जोशीले जिल्लाको विकासको आगामी मार्गचित्र बनाउनुपर्ने आवश्यकता ठानी आफूले कार्यक्रमको प्रस्ताव अघि सारेको बताए  । जिल्लाको समृद्धि र विकासका निम्ति सामूहिक छलफल आवश्यक रहेको बताउँदै सबै दंगाली एक हुनपर्नेमा जोड दिए ।

Facebook Comments