• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अल्फा तेक्वान्दो डोजाङ दाङलाई आठ पदक




दाङ । कोरियन एम्बेस्डर तेक्वान्दोमा घोराही उपमहानगरपालिका–१५ स्थित अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदर्शन गर्दै तीन स्वर्ण, दुई रजत र तीन कास्यसहित आठ पदक जितेको छ । मित्र राष्ट्र दक्षिण कोरिया र नेपालबिच दौत्य सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवको अवसरमा आयोजित कोरियन एम्बेस्डर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा अल्फा तेक्वान्दो डोजाङले उत्कृष्ट प्रदशन गर्दै आठ पदक जितेको हो ।

नेपाल तेक्वान्दो संघ र नेपाल स्थित कोरियाली राजदुतावासको संयुक्त आयोजनामा ललितपुरको सातदोबाटो स्थित नेपाल तेक्वान्दो संघको मुख्यालयमा कात्तिक २ देखि ५ गतेसम्म भएको प्रतियोगितामा प्रभावशाली प्रदर्शन गर्दै अल्फा डोजाङले पदक जितेको महिला रेफ्री एवम् अल्फा तेक्वान्दो डोजाङ प्रमुख तथा प्रशिक्षक सुनिता विष्टले जानकारी दिएकी छन ।

देशभरबाट करिब एक हजार खेलाडी सहभागी राष्ट्रियस्तरको प्रतियोगितामा प्रतिस्पर्धात्मक खेलमा विशेष प्रभाव प्रस्तुत गर्दै अल्फाबाट सहभागी १२ जना खेलाडी मध्येबाट तीन खेलाडीले स्वर्ण, दुई खेलाडीले रजत र तीन खेलाडीले कास्य गरी कूल आठ पदक जितेको विष्टले जानकारी दिइन् । विष्टको मुख्य प्रशिक्षणमा सहभागी खेलाडीले फाइटतर्फ पुरुष ६८ केजी तौल समूहमा कृष्णबहादुर पुन मगर, ४८ केजी तौल समूहमा कमल खड्का र महिला ३३ केजी तौल समूहमा अस्मिता बुढाले स्वर्ण पदक जितेका छन् ।

महिला ५९ केजी तौल समूहमा अदीति सुनार र १७ वर्ष मुनिको पेयर पुम्सेमा निरमा विष्ट र बिमल योगीको जोडीले रजत पदक हासिल गरेका छन् । पुरुष १२ वर्षमुनि समूह पुम्सेमा टाइसन विष्ट, रोजित खड्का र शुभम केसी तथा १७ वर्षमुनिको समूह पुम्सेमा कृष्णबहादुर पुन, कमल खड्का र बिमल योगीको समूह एवम् सोही समूहमा महिलातर्फ सरिता केसी, अदीति सुनार र निरमा विष्टको समूहले कास्य पदक जितेका छन् ।

राष्ट्रिय स्तरको प्रतियोगितामा विशेष प्रभाव छाड्दै उत्कृष्ट प्रदर्शनसहित आठ पदक जितेका खेलाडीको मिहिनेतको प्रतिफल रहेको बताइन् । अल्फामा प्रशिक्षण लिएका खेलाडीले कडा मिहिनेत र खेल अनुशासनको पालना गर्दै अघि बढ्दा निरन्तर सफलता हासिल गरिरहेको बताइन् । अल्फा तेक्वान्दो डोजाङमा हाल विभिन्न उमेर तथा तौल समूहका सयौँ खेलाडीले प्रशिक्षण लिने गरेका छन् ।

 

Facebook Comments