दाङ । अमेरिकी विदेश मन्त्रालयले दाङकी उर्मिला चौधरीलाई ‘ग्लोबल एन्टी रेसिज्म च्याम्पियन’बाट सम्मान गरेको छ ।
बाल्यकालमा आफैं कमलरी रहेकी चौधरीलाई कमलरी प्रथा उन्मुलन, जातीय समानता, न्याय र मानव अधिकारको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै यो अवार्ड दिइएको हो।
अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।
हरेक वर्ष ६ जनालाई दिइने उक्त अवार्ड यस वर्ष नेपालकी चौधरीले पनि पाएउनुभएको हो । उहाँले नेपालमा सीमान्तकृत जात र जातीय समुदायको मानव अधिकार प्रवर्द्धनमा काम गर्दै आउनुभएको छ ।
जातीय विभेद, भेदभाव, जातिवादविरूद्ध उहाँले गरेको काम उल्लेखनीय रहेको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।