घोराही। खेतीयोग्य जमिन बगरमा पारिणत हुँदा दाङको बंगलाचुली गाउँपालिका–४ गहतेरा निवासी हुण्डीराज डाँगीलाई अन्न किनेर खानु पर्ने बाध्यता छ। धान रोपेको खेत मानाला खोलाले बगाएर बगर बनाइदिएपछि चामल किनेर खानु पार्ने बाध्यता भएको डाँगीले बताए ।
खोलालाई तटवन्ध गरेर खोतीयोग्य जमिन बचाइदिन स्थानीय सरकारदेखि यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिलाई भने पनि कसैले चासो नदिँदा करिब आठ कट्ठा खेतीयोग्य जमिन अहिले ढुङ्गैढुङ्गाले भरिएको बताए। तीन बाली खेती हुँदा घरका लागि आवश्यक अन्नपात उत्पादन गरेर बिक्री समेत गर्ने गरेको भन्दै डाँगीले भने, ुपहिले आफ्नो जमिनमा तीन वाली उत्पादन हुन्थ्यो तर अहिले जमिनमा केही पानि उब्जानी छैन। ढुड्गैढुङ्गा मात्र छ। धान, गहुँलगायतका बाली उब्जनी हुने खेत बगेपछि अहिले खाद्यान्न किनेर खानु पार्ने बाध्यता भएको बताए ।
गत बर्षको वर्षात् र यस वर्षसाउन र भादीमा आएको वर्षासँगै खोलामा आएको बाढीले स्थानीय सात घरको करिब दुई विधा बढी जमिन कटान गरेर बगरमा पारिणात गरिदिएको बंगलाचुली गाउँपालिका ४ गहतेरा डाबर निवासी समिर खत्री बताउँछन्। खोलाले खेतीयोग्य जमिन कटान गर्दा धान, गहुँ र मकैलगायत तरकारी खेती हुने जमिन कटान गरेको भन्दै खत्रीले स्थानीयको जीवनयापानमा धक्का पुगेको बताए । जोतेर खाने जमिन नहुँदा कतिपय परिवार समस्यामा परेको भन्दै खत्रीले भने, ुहाम्रो करिब छ कट्ठा खेतीयोग्य जमिन भए पानि अब छैन। अहिले धान पाकेको हुने खेतमा ढुङ्गाले भरिएर बगर बनेको छ। आफ्नै खेतमा भएको ढुङ्गा बेच्न अनुमति नहुँदा चामल, दाल, तेललगायतका खाद्यान्न किनेर खानु पर्ने बाध्यता भएको बताए। पहाडी धक्षेत्रमा थौरै खेत भएको, त्यही खेत पनि खोलाले बगाउँदा अधिकाश किसान समस्यामा परेको उनी बताउँछन् ।
खोलाले खेत बगाउन थालेपछि तटबन्धका लागि आग्रह गर्दै आए पनि अहिलेसम्म तटबन्धन हुन नसकेको बताए । खोलालाई तटबन्ध गरेर खोतीयोग्य जमिन बन्चाइदिन स्थानीय सरकारदेखि यस क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिलाई भने पानि कसैले चासो नदिँदा माना खोला, सुगा खोलासँगै अर्जुन खोलाले खेतीयोग्य जमिन बर्सेनि कटान गरिरहेको स्थानीय नमानन्द डाँगी बताउँछन् ।
बर्सात्का कारण अहिले खेतभरि ढुङ्गा र बालुवा मात्र भएको बताए । आफ्नो जमिनमा भएको ढुड्गा र बालुवा बिक्री गर्न पाए त्यसैबाट भएको आम्दानीले परिवारको खर्च टर्ने भए पनि बिक्री गर्न नपाउँदा समस्या थपिएको भन्दै डाँगीले भने पहिले माटो रहेको हाम्रो जमित्तमा ऑहिले ढुङ्गा र बालुवा मात्र छ। हामीले ती ढुड्गा बेच्न पाउँदैनौं। जामिन हेर्ने र मेरो हो भन्ने शिवाय अरू उपाय छैन।ु उनका अनुसार माना खोला, सुगा खोला र अर्जुन खोलाले खेतीयोग्य जमिन कटान गरेर बगर बनाइदिँदा कतिपथ परिवारको आम्दानीले स्रोत नै बन्द भएको छ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले गाउँपालिकामा खेतीयोग्य जॉमिन कटानको विषय गम्भीर समस्याका रूपमा देखापरेको बताए । गाउँपालिकाका विभिन्न बडामा रहेका खेलीयोग्य जमिन बर्सेनि खोलाले कटान गर्दा करिव आधा जमिन सकिएको भन्दै अध्यक्ष पुनले तटवन्धका लागि पहल समेत गरिरहेको बताए। गाउँपालिकामा कुनै एउटा खोला मात्र नभएर सबै वडामा कृषियोग्य जमिन कटानको समस्या देखिएको भन्दै अध्यक्ष पुनले भने, ुखोलाले मात्र नभएर चुनढुङ्गा निकाल्न प्रयोग गरिएका टिप्परका कारण पनि जमिनमा क्षति भइरहेको छ। यसले गर्दा बगर र खोला किनारका क्षेत्रमा जमिन कटान तीव्र गतिमा भइरहेको छ र यो समस्याले किसानलाई अप्ठ्यारोमा पारेकी छ।ु उनका अनुसार किसानले जामिन गुमाउनुको पीडा मात्र नभएर आफ्नो पुख्यौली सम्पत्तिको सकिएको महसुस गौरिरहेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।