दाङ। दाङमा कुवामा डुबेको अवस्थामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरी कुवामा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
चौधरी आज बिहान पौने ७ बजेतिर आफ्नै घरको कुवामा डुबेको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।
चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा कुवामा डुबेको अबस्थामा फेला पारेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । त्यसपछि प्रहरीले शव निकालेको थियो ।
३० असोजमै घरबाट निस्केका चौधरी सम्पर्क विहीन रहेका थिए । प्रहरीका अनुसार चौधरीले मादक पदार्थ सेवन गर्ने गर्थे । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।