घोराही । दाङको बंगलाचुली गाउँपालिकामा सुक्रवार देखी चलेको स्व. खेतुलाल नेपाली (सुरज) प्रथम स्मृति कपको उपाधी बचेनी क्रिकेट क्लवले चुम्न सफल भएको छ ।
शुक्रवार भएको फाईनल खेलमा के एस क्रिकेट क्लवलाई ७ विकेटले पराजित गर्दै बचेनीले स्व. खेतुलाल नेपाली (सुरज) प्रथम स्मृति कप सहित नगद रु २० हजार चुम्न सफल भएको हो ।
खराव मौसमको कारण ८ ओभरमा घटाइएको खेलमा टस हारेर पहिला ब्याटिङको गर्न आएको के एसले निधारित ८ ओभरमा ४ विकेटको क्षतीमा ४३ रन बनाउन सफल भएको थियो । समिर बुढाथोकीले २० बल खेल्दै १ चौकको मद्धतले १५ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले रन बनाउनु सकेनन ।
४४ रनको झिनो लक्ष्य लिएर मैदानमा आएको बचेनी टिमले ७ दशमलब ३ ओभरमा लक्ष्य भेटाउन सफल भएको हो । राष्ट्रिय खेलाडी समेत रहेको बचेनी टिम सुरुवाती ओभरमा निकैनै दवाद रहेको थियो सुरुवाती ५ ओभरमा मात्र २२ रन बनाउन सफल भएको थियो अन्तिम ३ ओभर के एस क्लव समालिन नसक्दा स्व. खेतुलाल नेपाली (सुरज) प्रथम स्मृति कपको उपाधि चुम्न असफल भएको ।
हार सहित उपविजेता बनेको क्रिकेट क्लवले नगद १० हजार सहित कप, मेडल प्राप्त गरेको हो । त्यसैगरी प्रधानमन्त्री कप समेत खेली सकेका बचेनी क्रिकेट क्लवका गोविन्द वि.क. म्यान अफ द सिरिज घोषित भएका छन भने बेष्ट ब्याट्सम्यान केएसका समिर बुढाथोकी तथा बेष्ट बलर जुम्लेपानिका राजेन्द्र गिरी भएका छन ।
बंगलाचुलीका क्रिकेट खेलाडी समेत रहेका स्व. खेतुलाल नेपालीको जेष्ठ २० गते बंगलाचुलीमा मोटरसाइकल दुर्घटना परि मृत्यु भएको थियो । उक्त नेपालीको सम्झना काभ्रेली एकता समाजले आयोजना गरेको प्रतियोगितामा घोराही–१८ नवलपुरमा रहेको न्यु स्वर्गद्धारी फर्निचर उद्योगले प्रथम पुरस्कार, द्धितिय पुरस्कार घोराही–१५ भरतपुरमा रहेको ब्राईट फ्युचर प्राविधिक शिक्षालय एण्ड ब्राईट फ्युचर कम्प्युटर इन्स्टिच्युट , म्यान अफ द सिरिज न्यु सिद्दार्थ टांसपोर्ट बंगलाचुली, बेस्ट बलर इभर ग्रीन घोराही र बेस्ट ब्याटसम्यान आर्टी सप्लार्यसले सहयोग गरेको खेल आयोजक समितिको संयोजक बिक्रम डांगीले जानकारी दिए ।
साथै प्रतियोगितालाई सफल पार्न नेपाली काङ्ग्रेसमा महासमिति सदस्य किरण किसोर घिमिरे , भोजराज पान्डे बंगलाचुली ४ का वडा अध्यक्ष डाँस बहादुर डाँगी, सदस्य दिपक परियार, नेपाल दलित संघका केन्द्रीय सदस्य तेज बहादुर बिक, समाजसेवी टेक बहादुर थापा, दुर्गा केसी प्रविन केसी र देबेन्द्र गिरीले आर्थिक सहयोग गरेको समेत संयोजक डाँगीले बताए ।
दुई दिन सम्म चलेको प्रतियोगितामा ९ टिमको सहभागी रहेको थियो जस्मा काभ्रे श्रीवारी क्रीकेट क्लब , जुम्लेपानी क्रीकेट क्लब, भि.आर.सि.सि हर्नोक, अगरा क्रिकेट क्लव घोराही, सप्तरङ्गि क्रिकेट क्लव, पुरुङ क्रीकेट क्लब, बचेनी क्रीकेट क्लब , स्युजा क्रीकेट क्लब र लायन्स क्रीकेट क्लबको सहभागिता रहेको थियो । प्रतियोगिता भरी मुख्य अम्पायर राष्ट्रिय अम्पायर सन्देश के.सी. र सनी कार्की तथा सहायक अम्पायरमा हिमाल महरा, विक्रम जि.सी. र टोपाराम अधिकारी रेहका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।