• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दसैँ मनाउन घर गएकाहरु उपत्यका फर्कने क्रम तीब्र




काठमाडौं । दसैँ मनाउन उपत्यकाबाट बाहिरिएकाहरू फर्किने क्रम बढेको छ । उपत्यका प्रवेश गर्ने नाकामा यात्रुको चाप बढेको छ ।

भक्तपुरको जगाती, काठमाडौंको बल्खु, नागढुंगा र माछापोखरीलगायत नाकाबाट यात्रु उपत्यका भित्रिने क्रम बढेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दसैँको टीकाको दिन शनिबारदेखि मंगलबारसम्म चार लाख यात्रु उपत्यका भित्रिसकेका छन् । यीमध्ये तीन लाख यात्रु बस र मिनीबसबाट भित्रिएका थिए भने अन्य यात्रु हवाईजहाज, भ्यान, कार, ट्रकलगायत सवारीसाधनबाट भित्रिएका हुन् ।

प्रहरीका अनुसार विजयादशमीको दिनयता हवाईमार्गबाट करिब १० हजार यात्रु उपत्यकामा भित्रिएका छन् । यसपटक दसैँ मनाउन उपत्यका छाड्ने यात्रुको संख्या करिब १२ लाख थियो । सडकको असहज अवस्थाका कारण विगतमा भन्दा यसपटक उपत्यका छाड्नेको संख्या कम छ ।

Facebook Comments