• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुर्खेतमा मिनी बस दुर्घटनाः एक जनाको मृत्यु, दुई घाइते




सुर्खेत । दैलेखदेखि सुर्खेत जाँदै गरेको मिनी बस शुक्रबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । क.प.०२००९ख०८५२ नम्बरको मिनी बस सुर्खेतको रिठा भन्ने स्थानमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख सुनिल दाहालले दिएको जानकारीअनुसार बसमा तीन जना सवार रहेका थिए । घाइते तीनै जनालाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाँउ सुर्खेत पठाइएको थियो । घाइते मध्ये दैलेख दुल्लु नगरपालिका १३ बस्ने वर्ष २२ का महेन्द्र शाहीको उपचारको क्रममा मृत्यु भएको दाहालले बताए ।
दुर्घटनामा घाइते भएका दैलेख निवासी चालक २४ वर्षीय वीरेन्द्र बहादुर शाही र १९ वर्षीय सबिन शाहीको उपचार भइरहेको छ ।

Facebook Comments