तुल बहादुर कवँर मगर
सिसहनियाँ । राप्ती गाउँपालिकाकाे सिसहनियाँ र माैरीघाट क्षेत्रका बजारकाे आइतबार अनुगमन गरिएको छ ।
राप्ती गाउँपालिका र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जको संयुक्त आयोजनामा गाउँपालिकाको वडा नम्बर ५ सिसहनियाँका ७ वटा र माैरीघाटमा १ वटा किराना पसलको अनुगमन गरिएको हाे।
८ वटा पसलको अनुगमन गर्दा ३ वटा विभिन्न किराना तथा गल्ला पसलहरु कारबाहीमा परेका छन् ।
कारबाही स्वरुप ती पसलहरूलाई ५ हजार देखि २० हजार रुपैयाँ सम्मको जरिवाना गरिएको छ ।
यस्तै केहि पसलबाट म्याद नाघेका अखाद्य बस्तु जफत गरी नष्ट गरिएको छ भने पसल सञ्चालकहरुलाई त्यस्ता बस्तु बिक्रीवितरण नगर्न आवश्यक निर्देशन समेत दिइएको छ ।
दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरि बजारमा हुने कालोबजारी, अखाद्य वस्तु बिक्री तथा कृत्रिम अभाव सिर्जना हुन नदिन बजार अनुगमन गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख खत्रीका अनुसार अनुगमनका क्रममा म्याद नाघेका सामान बिक्री गर्ने, मुल्यसुची नराखेको, उत्पादित बस्तुमा उत्पादन मिति उल्लेख नगरेको , बिलिङ प्रक्रिया नमिलेको ३ वटा पसलबाट ३० हजार रूपैयाँ जरिवाना गरिएको छ ।
अनुगमनका क्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ स्थित शुभसिद्वि किराना तथा गल्ला पसलबाट ५ हजार, रावत किराना तथा गल्ला पसलबाट २० हजार र वडा नम्बर ४ माैरीघाट स्थित प्रकृति किराना पसलबाट ५ हजार रुपैयाँ गरि कुल ३० हजार रूपैयाँ जरिवना संकलन गरिएको कार्यालय प्रमुख खत्रीले बताउनुभयो ।
जरिवना गरिएका पसलका सञ्चालकहरुलाई १ हप्ता भित्र राष्ट्रिय वाणिज्य बैंक मार्फत जरिवाना रकम भुक्तानी गर्न निर्देशन दिइएको छ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमिक्त कार्यालय प्रमुख हरिबहादुर खत्रीको नेतृत्वमा भएको बजार अनुगमनमा सोही कार्यालयकै नायव सुब्बा डम्बर बहादुर बुढा, राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरी, कृषि अधिकृत प्रदिप खत्री, पशु विकास शाखाका पशु डा. विनय थापा, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, इलाका प्रहरी कार्यालय सिसहनियाँका कार्यालय प्रमुख तथा प्रहरी नायव निरिक्षक मनोहरराम चौधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता रहनु भएको थियोे।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।