• ३ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीको शुभकामना आदानप्रदान




घोराही । लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीले बडा दशैंको  शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबले शनिबार घोराहीस्थित तामा रेष्टुरेन्टम दशैं मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

लायन्स क्लब अफ घोराही अम्बिकेश्वरीका अध्यक्ष चन्द्रप्रकाश खनालको अध्यक्षता एवं निवर्तमान डिष्ट्रिक  गभर्नर मुकुट ढकालको विशेष उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै  निवर्तमान डिष्ट्रिक  गर्भनर मुकुट ढकालले लायन्स एउटा खुला विश्वविद्यालय भएको र  यो जति अध्ययन गर्यो त्यति  नै ज्ञान प्राप्त हुने बताए । उनले लायन्स भनेको एउटा परिवार भएको र त्यो परिवारबाट नै  समाजमा भएका मानवीय सुखदुःख काम लाग्ने हुँदा अब लायन्समा जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिए । समाज रुपान्तरणका लागि निरन्तर अगाडि बढ्ने र  सामाजिक सेवा गर्नु नै संस्थाको मुख्य उद्देश्य भएको उनको भनाइ छ ।

क्लबका प्रथम उपाध्यक्ष  डाक्टर प्रकाश सुवेदीको स्वागत मन्तव्यबाट सुरुभएको  लायन्स इनोभोटिभका अध्यक्ष शंकर खनाल, लायन्स क्लबका निवर्तमान एरिया चिफ डाक्टर भीमसेन गिरी, संस्थाका संस्थापक अध्यक्ष लब नरसिंह अधिकारी, प्रेस काउन्सिल नेपाल सदस्य शरद अधिकारी, कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष सन्तोष सुवेदीले  शुभकामना राखेका थिए ।

कार्यक्रमको सहजीकरण क्लब सचिब वसन्तप्रसाद रिजालले गरेका थिए । कार्यक्रमको सौजन्य घोराहीको तुलसीपुर चोकस्थित रहेको तामा रेष्टुरेन्ट एण्ड क्याफे गरेको थियो ।

 

Facebook Comments