दाङ । रोल्पालीहरुको साझा संस्था रोल्पाली सेवा समाज शाखा जापानको तेस्रो अधिबेशन सम्पन्न भएको छ ।
संस्थाको अध्यक्ष भीम बहादुर बुढाथोकी अध्यक्षतामा एनआरएनए क्यूशूका उपÞसंयोजक कृष्ण हरी पाठकको प्रमुख अतिथी तथा ग्लोबल फोरम जापानका महासचिव गंगा लाल जि आर विशिष्ट अतिथिमा अधिबेशन भएको थियो ।
अधिबेशनले नयाँ कार्यसमिति चयन गरिएको छ । केवल प्रसाद व़लीको नेतृत्वमा तेस्रो कार्यसमिती चयन भएको छ । जस्मा वरिष्ठ उपाध्यक्षमा ओम प्रकाश पुन मगर, उपाध्यक्षहरु शान्ति घर्तीमगर, तेज कुमारी परीयर, रवीन्द्र बुढामगर, महासचिबमा प्रकाश चन्द्र बुढामगर, सचिवमा गणेशमान केसी, कोषाध्यक्षमा दीपिका पुन, सह–कोषाध्यक्षमा मोहन घर्ती मगर, प्रवक्तामा निर्मल कुमार गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा पृथ्वी प्रसाद बुढा, प्रीति चन्द, रोशन घर्तीमगर, हिमान पुन मगर, तारा राना मगर, कल्पित परीयर, अन्जु बुढामगर, संगीता बुढामगर, रविकिरण डाँगी, मनोज पुन, भीम कुमारी थापा चयन भएका छन । प्रमुख सल्लाहकार बसन्ती घर्तीरकेसी, सल्लाहकारमा कुबेर व़ली, कमानसिङ बुढामगर, संरक्षकहरु कमल बाँठा, भिम बहादुर बुढाथोकी रहेका छन् ।
रोल्पाली सेवा समाज जापानका वरिष्ठ उपाध्यक्ष केवल प्रसाद व़लीले स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा जापान शाखा सल्लाहकार बसन्ती घर्ती रकेसी, रोल्पाली बुद्धिजीवी ओम प्रकाश पुन मगर, रोल्पाली सेवा समाज केन्द्रिय वरिष्ठ उपाध्यक्ष कमल बाँठाको उपस्थिति भएको कार्यक्रमको सहजिकरण रवीन्द्र बुढामगर ले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।