• १५ माघ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
स्थानीय उत्पादनलाई मुख्यमन्त्रीकाे सम्मान: जब शिरमा ढल्कियाे अल्लाेकाे टाेपी




दाङ । दाङ घाेराही उपमहानगरपालिका-१४ निवासी प्रेमकुमारी पुनले अल्लाेकाे धागाेबाट हातले बुनेर काेट, टाेपी, झाेला, जुत्ता लगायतका सामाग्री तयार पार्दै आउनु भएको छ । आफुले तयार पारेका सामाग्री विक्रि गर्न मेला, माेत्सव, दिवसहरुमा समेत पुग्ने गर्नुहुन्छ । अल्लाे र उलनबाट बनाएका सामाग्री मान्छेहरुले मन पराएर किनेपछि प्रेमकुमारीमा बेग्लै खुसि छाउछ ।

यसैक्रममा विश्व पर्यटन दिवसकाे अवसरमा प्रेमकुमारीले अल्लाे र उलनबाट हातले बुनेर तयार पारिएकाे झाेला, टाेपी, काेट, जुत्ता लगायत सामाग्री विक्रिका लागि स्टल राख्नुभयाे ।

जुन स्टलबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दुई वटा टाेपी किन्नु भयाे ।`अहिलेसम्म नेता, मन्त्रीलाई टाेपी बिक्री गरेकाे थिएन । कित उपहार दिइन्थ्याे । तर, मुख्यमन्त्रीले टाेपि किनेर लगाउनु भयाे । उहाँकाे याे कामले हामी उद्यमीहरुमा हाैसला थपियाे´उहाँले भन्नुभयाे-`शिरकाे टाेपी फेरेर हामीले बनाएकाे टाेपी लगाउनु भयाे । पाँच सय रुपैयाँ एउटा टाेपिकाे मुल्य थियाे । उहाँले दुई वटा किनेर लैजानु भयाे ।´

२०६५ सालबाट अल्लाेबाट कपडा बनाउन थाल्नु भएकी प्रेमकुमारीले चिनारी महिला साझेदारी समूह निर्माण गरेर उद्यम चलाउदै आउनु भएको छ ।`धेरै हाैसला मिल्छ । किनेर लगाइदिदा´उहाँले भन्नुभयो-`मुख्यमन्त्री ज्यूकाे याे सद्भावले हामी उद्यमिकाे छाति चाैडा भयाे ।´

पर्यटन दिवसकाे अवसरमा लुम्बिनी प्रदेशका उद्यमीले तयार पारेका स्थानीय उत्पादनका सामाग्रीहरु प्रदर्शनीमा राखिएको छ । थाकलबाट बनेका हस्तकलाकाे सामाग्री देखि माटाेबाट बनेका भाँडाहरु समेत प्रदर्शनीमा राखिएको थियाे ।

Facebook Comments